२८ असार २०८३, आईतवार
,
Latest
भानु जयन्तीको पूर्वसन्ध्यामा प्रतियोगात्मक महिला कविगोष्ठी आयोजना म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा गोरखामा एकतिहाइ मात्र मल आपूर्ति बदलिँदो बजारसँगै बदलिँदै कुमालको पेसा भानु जयन्ती विविध कार्यक्रमसहित मनाइँदै विमानस्थलमा पत्रकार सम्मेलन गर्न लागेका दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्‍यायो सुकुम्बासीमाथि दमनको विरोधमा माइतीघरमा प्रदर्शन, देशव्यापी आन्दोलनको चेतावनी अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चन्द्रमुखी’का निर्माताले नयनतारालाई कानुनी नोटिस पठाए



अ+ अ-

एजेन्सी । साउथकी लेडी सुपरस्टार नयनतारा लामो समयदेखि आफ्नो डकुमेन्ट्री ‘बियन्ड द फेयराइटल’का कारण विवादमा तानिएकी छिन् । यो फिल्म नेटफ्लिक्समा रिलिज भएपछि अभिनेत्री कानुनी समस्यामा फसेकी छिन् ।

केही समयअघि अभिनेता धनुषले अभिनेत्रीविरुद्ध कानुनी कारबाही गरेका थिए, अहिले चलचित्र ‘चन्द्रमुखी’का निर्माताले नयनतारालाई कानुनी नोटिस पठाएका छन् ।

रिपोर्टका अनुसार फिल्म चन्द्रमुखीका निर्माताले नयनथारा र नेटफ्लिक्स दुवैलाई कानूनी नोटिस पठाएका छन् । नयनताराले सन् २००५ मा रिलिज भएको चलचित्र चन्द्रमुखीको फुटेज आफ्नो विवाहको वृत्तचित्रमा बिना अनुमति प्रयोग गरेको आरोप लागेको छ ।

चन्द्रमुखीका निर्माताले नेटफ्लिक्स र अभिनेत्रीसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति मागेका छन् । हाल यस विषयमा नयनताराको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।