२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चन्द्रमुखी’का निर्माताले नयनतारालाई कानुनी नोटिस पठाए



अ+ अ-

एजेन्सी । साउथकी लेडी सुपरस्टार नयनतारा लामो समयदेखि आफ्नो डकुमेन्ट्री ‘बियन्ड द फेयराइटल’का कारण विवादमा तानिएकी छिन् । यो फिल्म नेटफ्लिक्समा रिलिज भएपछि अभिनेत्री कानुनी समस्यामा फसेकी छिन् ।

केही समयअघि अभिनेता धनुषले अभिनेत्रीविरुद्ध कानुनी कारबाही गरेका थिए, अहिले चलचित्र ‘चन्द्रमुखी’का निर्माताले नयनतारालाई कानुनी नोटिस पठाएका छन् ।

रिपोर्टका अनुसार फिल्म चन्द्रमुखीका निर्माताले नयनथारा र नेटफ्लिक्स दुवैलाई कानूनी नोटिस पठाएका छन् । नयनताराले सन् २००५ मा रिलिज भएको चलचित्र चन्द्रमुखीको फुटेज आफ्नो विवाहको वृत्तचित्रमा बिना अनुमति प्रयोग गरेको आरोप लागेको छ ।

चन्द्रमुखीका निर्माताले नेटफ्लिक्स र अभिनेत्रीसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति मागेका छन् । हाल यस विषयमा नयनताराको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।