३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय ट्रफी एलिट कपः सोमपाल कामीले बनाए पहिलो अर्धशतक



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको दोस्रो दिन आर्मी क्लबका सोमपाल कामीले अर्धशतक बनाएका छन् ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी दोस्रो इनिङ्समा सोमपालले नेपाल पुलिस क्लबविरुद्ध अर्धशतक बनाएका हुन् ।

सोमपालले ७३ बलमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । सो क्रममा सोमपालले ७ चौका र १ छक्का प्रहार गरे ।

खेलको दोस्रो इनिङ जारी रहँदा ३५ ओभरमा आर्मीले सात विकेट गुमाएर १२९ रन बनाएको छ ।

जारी प्रतियोगिताकै यो पहिलो अर्धशतक हो ।