२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा सबभन्दा धेरै कमाइ गर्ने फिल्म बन्यो ‘पुष्पा २’



अ+ अ-

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन स्टारर फिल्म ‘पुष्पा २ः द रुल’ ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ ।

रिलिज भएको ३० दिन कटिसक्दा पनि फिल्मले राम्रो व्यपार गरिरहेको छ । ‘पुष्पा २’ ले ३२ दिनमा १३५२ करोड भारू कमाएको भारतीय सञ्चारमाध्यम पिंकभिलाले उल्लेख गरेको छ ।

यससँगै, ‘पुष्पा २’ भारतमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । यसले ‘बाहुबली २’ लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो ।  ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारू कमाएको थियो ।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन् ।

भारतमा धेरै कमाउने फिल्मकोसूची यस्तो छ:
१० पुष्पा २- १३५२ करोड भारू (३२ दिन)
२० बाहुबली २- १३४७ करोड भारू
३० केजिएफ च्याप्टर २-९८७ करोड भारू
४० जवान- ७५४ करोड भारू