२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
अ अ+ अ-

गोरखा:  गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अन्र्तगत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’देखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

‘‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसँग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँनयाँ योजनाको थालनी गर्न लागेको हो, उहाँले भन्नुभयो, ‘‘अब पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौँ ।’’

गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीयस्थलको पहिचान गरेर ‘बुकलेट’समेत तयार पारेको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीयस्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टेट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।

‘‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीयस्थल र त्यसको महत्वका बारेमा थाहा सजिलै पाउन सक्छन्, उहाँले भन्नुभयो, ‘‘आउँदो माघ महिनाभित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ ।’’ त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीयस्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देश्सीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोट महोत्सव तथा शान्ति पद्यात्रा कार्यक्रम गर्ने, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

‘‘गोरखा आउने पर्यटक सहजीकरणमा मद्दत पु¥याउनका लागि विविध पर्यटन प्रवद्र्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘‘त्यसबाहेक सामाजिक सञ्जालमार्फत पनि गोरखाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनसँग सम्बन्धित प्रतियोगिता आगामी फागनुमा गर्ने योजना बनाइएको छ ।’’

नगरपालिकाले गोरखा भ्रमण वर्ष सफल बनाउनका लागि होटल व्यवसायी सङ्घको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१, पर्यटनसम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।रासस