३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो ११ बजे सुरु हुने छ ।

आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्नेछन् । आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ जना केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदन तथा पार्टी निर्णय र सरकारको कामकारबाहीबारे बोलेका थिए ।

हिजो बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले पार्टीमा गुटबन्दी झाँगिएकोबारे चिन्ता व्यक्त गरेका थिए । त्यस्तै पहिले पार्टी निर्णय अनुमोदन गराउने र त्यसपछि छलफल गराउनु विधिसम्मत नभएको भन्दै केही सदस्यले आपत्तिक जनाएका थिए।

केन्द्रीय कमिटीको बैठक आजै सक्ने तयारी भए पनि प्रत्येक सदस्यलाई तीन–तीन मिनेट बोल्न दिइएकाले लम्बिनी सम्भावना रहेको पनि एमालेका नेताहरूले बताएका छन् ।