७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त News Polar बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु News Polar मुख्यमन्त्री आचार्यद्वारा सतर्कता अपनाउन आग्रह News Polar भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धार, राहत र पुनर्निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री श्रेष्ठ News Polar बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो News Polar भोटेकोशी बाढीका बेपत्तालाई मृतकसरह कानुनी मान्यता दिन सरकारसँग दुलालको माग News Polar नव नेपाल निर्माणको सङ्कल्पका साथ प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घमा News Polar रसुवा बाढीपीडित महिला तथा बालबालिकाको सुरक्षा चुनौतीपूर्ण छ, सरकारको ध्यान जाओस्ः मनिष झा News Polar विद्युत सेवा भरपर्दो र ग्राहककेन्द्रित बनाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन News Polar भोटेकोशी बाढीबारे ऊर्जामन्त्री श्रेष्ठले आज संसद्लाई जानकारी दिने News Polar भोटेकोशी बाढीपछि पुनर्निर्माणमा युवा शक्ति परिचालन गर्न सांसद बुढामगरको माग News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह

जय ट्रफीः मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट

जय ट्रफीः मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट
अ+ अ-

काठमाडौँ । जनकपुरधाममा जारी ‘जय ट्रफी मेन्स एलिट कप’ क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मधेश प्रदेश आफ्नो पहिलो पारीमा १०२ रन बनाएर अलआउट भएको छ ।

मधेश प्रदेशको टोली बागमती प्रदेशविरुद्ध ३५.३ ओभरमा अलआउट भएको हो ।

दुई दिवसीय प्रतियोगितामा मधेश प्रदेशले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । प्रतिकुल मौसमका कारण निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो सुरु भएको खेलमा मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्न सकेनन् ।

कप्तान हरिशंकर साह चार रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर मयन यादवले २१ रन जोडे । उनले ३६ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरेका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान निरज यादवले १२ रन बनाए । चौथो नम्बरमा क्रिज सम्हाल्न आएका साहिल पटेल ६ रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान हिमांशु दत्तले पनि १० रनभन्दा बढी जोड्न सकेनन् ।

रुपेश सिंह ६ रन बनाउँदै पेभेलियन फर्किए । सातौँ नम्बरमा क्रिजमा आएका विशाल पटेलले टोलीको खातामा १६ रन थपे ।

यस्तै, अभिषेक तिवारीले ११ रन बनाए भने प्रदिप पासवान दुई रन बनाउँदै आउट भए । रञ्जित कुमार शून्य रनमै आउट भए । भुलावन साहनी दुई रनमा अविजित रहे । मधेश प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।

बागमती प्रदेशका बलर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए । टोलीका कप्तानसमेत रहेका सन्दीपले १४ ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिए । यस्तै, सूर्य तामाङले तीन विकेट हात पारे । उनले २.३ ओभरमा ७ रन खर्चिए । नन्दन यादव र प्रतिस जीसीले एक–एक विकेट लिए ।

जय ट्रफी आइतबारदेखि जनकपुरधाम र वीरगञ्जमा सुरु भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा चार वटा टोलीको सहभागिता रहेको छ ।

प्रारम्भिक चरणको खेल दुई दिवसीय हुनेछ । फाइनल खेल भने तीन दिवसीय हुनेछ । जय ट्रफीका खेलहरू प्रत्येक दिन ९० ओभरको हुनेछ । प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक पाली ६०–६० ओभरको हुनेछ । ब्याटिङ गर्ने टोलीले पुरै ६० ओभर ब्याटिङ गर्न वा आफूले चाहेमा बिचमै पाली समाप्तिको घोषणा गर्न सक्नेछ ।