५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित, क्रिस्टल प्यालेससँग चेल्सीको बराबरी



अ+ अ-

काठमाडौँ । इंगिलस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले वेस्टहाम युनाइटेडलाई ४-१ गोलले हराएको हो । घरेलु टोलिलाई जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा फिल फोडेनले एक गोल गरे । एक गोल भने सिटीले उपहारस्वरुप पाएको थियो ।

वेस्टहामका भ्लादिमिर कोउफलले आत्मघाती गोल गरेका हुन् । यस्तै, निकोलस फुल्कवर्गले वेस्टहामका लागि सान्त्वना गोल गरे । सिटी २० खेलबाट ३४ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । वेस्टहाम २३ अंकका साथ १३ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्यो । चेल्सीका कोल पाल्मेरले खेलको १४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

८२ औं मिनेटमा जिन फिलिप्पे मटेटाले गोल गर्दै घरेलु टोलिलाई हारबाट जोगाए ।

बराबरीसँगै २० खेलबाट ३६ अंक जोडेको चेल्सी अंकतालिकाको चौंथो स्थानमा छ । प्यालेस २१ अंकका साथ १५ औं स्थानमा छ ।