२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको छः विप्लव



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेकपाले एक पटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो । उहाँले देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहेको उल्लेख गर्नुभयो । उहाँले अहिलेको पार्टीको एकता शुरुवात मात्रै भएको उल्लेख गर्दै आगामी दिनमा अझ एकताका अभियानहरु बढ्दै जाने बताउनु भयो । उहाँले आफूहरुको एकता कुनै दरबार खान, टिस्टेट खान र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउनका लागि नभएको बताउनु भयो । उहाँले नेपाली नेताहरुले विशेमा टनाटन पैसा पठाएको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुविकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौँ । एकचोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्नेकुरा हामीले राखेका छौँ । हामी भन्न चाहन्छौँ, आजको दिनमा जो एकता भएको छ, हाम्रो केन्द्रिय समितिको बैठकपछि ध्रुविकरणको जो निर्णय थियो, त्यसमा पहिलो कदमको रुपमा अज प्रज्ञा भवनमा शुरु भएको छ । यो शुरुवात मात्रै हो । यो एकता कुनै दरबार खानका लागि होइन, कुनै टि स्टेट खानका लागि होइन, कुनै जग्गा हिनामिना गर्नका लागि होइन, कुनै मन्त्री भएर यो देशको पैसा विदेशमा पठाउन होइन । हाम्रो देशको पैसा विदेशमा टनाटन छ ।’

महासचिव चन्दले अरु राजनीतिक दलहरुले गरेका ध्रुविकरणका कुराहरुमा नयाँ चिज नरहेको जिकिर गर्नुभयो ।