२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप



अ+ अ-

म्युनिक । बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो गोल गरेका थिए । त्यसपछि ३२‍औं मिनेटमा बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरे । डर्टमन्डका लागि ३९औं मिनेटमा जुलियन ब्रान्ड्टले पहिलो गोल गरे भने ५५औं मिनेटमा इर्लिङ ब्रट हल्यान्डले बराबरी गोल गरेका थिए ।

बायर्नले यो वर्ष जितेको यो पाँचौं उपाधि हो । बायर्नले यसअघिको खेलमा आइतबार मात्रै होफनहायनविरुद्ध ४–१ को हार बेहोरेको थियो । यससँगै उसको लगातार ३२ खेलको अपराजित यात्रा टुंगेको थियो ।

बायर्नले यो वर्ष जर्मन लिग र कप, युरापेली च्याम्पियन्स लिग तथा युरोपेली सुपरकप पनि जितिसकेको छ ।