३ भाद्र २०८३, बुधबार
,
Latest
चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपरकप



अ+ अ-

म्युनिक । बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गरे । खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो गोल गरेका थिए । त्यसपछि ३२‍औं मिनेटमा बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरे । डर्टमन्डका लागि ३९औं मिनेटमा जुलियन ब्रान्ड्टले पहिलो गोल गरे भने ५५औं मिनेटमा इर्लिङ ब्रट हल्यान्डले बराबरी गोल गरेका थिए ।

बायर्नले यो वर्ष जितेको यो पाँचौं उपाधि हो । बायर्नले यसअघिको खेलमा आइतबार मात्रै होफनहायनविरुद्ध ४–१ को हार बेहोरेको थियो । यससँगै उसको लगातार ३२ खेलको अपराजित यात्रा टुंगेको थियो ।

बायर्नले यो वर्ष जर्मन लिग र कप, युरापेली च्याम्पियन्स लिग तथा युरोपेली सुपरकप पनि जितिसकेको छ ।