२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । पश्चिम नेपालको भ्रमणकै क्रममा पूर्वराजा शाह यही पुस ७ गते आइतबार भारत जानुभएको थियो ।

पूर्वराजा शाहले भारतको लखनउमा विभिन्न धार्मिक स्थलहरुको भ्रमण गरी पूजा अर्चना गर्नुभएको थियो ।

लखनउमा रहँदा पूर्वराजा शाहले केही भेटवार्तासमेत गर्नुभएको बताइएको छ । उहाँ आज नेपालगन्ज फर्कनुभएको हो ।

यसअघि मंसिर २२ गते पूर्वराजा नेपालगञ्ज जानुभएको थियो । उहाँले बागेश्वरी मन्दिरमा पूजाआजा गर्नुभएको थियो ।

यसैगरी पूर्वराजा शाह बर्दियाको बाह्रबिगामा आयोजना भएको श्रीमद् भागवती धनधान्याञ्चल सप्ताह महायज्ञमा सहभागी हुनुभएको थियो ।
मंसिर २९ गते शनिबार तुल्सीपुरमा रहेको स्वर्गीय राजा वीरेन्द्र स्मृति पार्कमा पुग्नुका साथै घोराहीमा रहेको पाण्डभेश्वर मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको थियो ।