२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनको झण्डा उठाउनुपर्छः महामन्त्री शर्मा



अ+ अ-
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका पूर्वराष्ट्रपतिहरुले सामाजिक परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आमा सपना र ताराहरु पुस्तक विमोचन समारोहमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो ।
उहाँले देशमा दुई जना पूर्वराष्ट्रपतिहरु रहेको र उहाँहरुको कर्तव्य सामाजिक रुपान्तरणमा हुनुपर्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति द्वय डा। रामवरण यादव र विद्यादेवी भण्डारीले अब सामाजिक रुपान्तरणका योजनासहित समाजको नायक बन्नुपर्ने बताउनु भयो । उहाँले पूर्वराष्ट्रपति भण्डारीप्रति लषित गर्दै उहाँले राजनीतिमा लाग्ने हल्ला सुनेको भन्दै स्वतन्त्रताको सम्मान गर्ने पनि बताउनु भयो । उहाँले राजनीति भन्दा पनि अब सामाजिक परिवर्तनको झण्डा उठाउनु महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सम्माननीय पूर्वराष्ट्रपति यहाँ हुनुहुन्छ । म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, आँखा दान गर्न मान्छेलाई प्रेरित गरे जस्तै, दाइजोले छोरीहरु जल्नबाट रोक्नुपर्ने जस्तै, बोक्सी भनेर प्रताडित हुन नलेखिएका आमाहरुको कथाहरु लेख्नका लागि, घरेलु हिंसामा परेका महिलाहरुको सन्दर्भमा सबैभन्दा बढी नायक भएर कसैले उभिनुपर्छ भने मलाई लाग्छ सम्माननीय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उभिनुपर्छ । यसको कमाण्ड म सम्हाल्छु भन्न सक्नुपर्छ । सम्माननीय पूर्वराष्ट्रपति डा। रामवरण यादवले राष्ट्रपतिबाट भुतपूर्व भइसकेपछि के गर्ने, कहाँ जाने रु भन्दै गर्दा मलाई लाग्छ, दुई पूर्वराष्ट्रपतिज्युहरुले सामाजिक परिवर्तनको त्यो झण्डालाई उठाइदिनुपर्छ । प्रेरणाको श्रोत बन्नुपर्छ । यद्यपि राजनीतिमै आउन चाहनुभएको हो की, साथीहरुले इच्छा राख्नुभएको हो की भन्ने पनि चर्चा छ । स्वतन्त्रताको सम्मान गर्छु । तर यदी कसैले मलाई सोध्छ, तिम्रो देशको शितल निवासबाट निस्किएको पूर्वराष्ट्रपतिहरुले के गर्नुपर्छ भन्यो भने सामाजिक अभिभावक या देशमा चाहिएको छ ।’
महामन्त्री शर्माले देशको सामाजिक रुपान्तरणको विषय अधोगतितर्फ उन्मुख रहेको बताउनु भयो ।




भर्खरै