२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहमा पुगेका बैंकहरुले गरेको कामको परिणाम चित्तबुझ्दो छैनः उद्योगमन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैंक तथा वित्तीय सेवा ग्रामिण क्षेत्रसम्म पुगे पनि परिणाम चित्तबुझ्दो नभएको बताउनुभएको छ ।

शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको वार्षिक साधारण सभामा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा ७५३ स्थानीय तहमा बैंकिङ पुहँचमा पुग्यो भनेर तथ्याङ्कमा मात्रै रमाउन नहुने बताउनु भयो । उहाँले पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगे पनि बैंकहरुले प्रभावकारी काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुले स्थानीय तहमा गरेको कामको परिणाम राम्रो नभएको गुनासो गर्नुभयो ।

उद्योग मन्त्री भण्डारीले स्थानीय तहका बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक अन्य सम्भावना भएको क्षेत्रमा काम गर्न नसकेको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले स्थानीय तहमा भएका सम्भावनाको खोजी गर्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारको निर्देशन अनरुप स्थानीय तहमा बैंकहरु पुगेपनि आयोजनाको बजेट भुक्तानी,सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता बाडेर मात्रै बैंकिङ पहुँच सुदृढ नहुने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै आएको बताउनु भयो । उहाँले स्थानीय तहमा पुगेका बैंकहरुले पनि जल,जङ्गल,जमिन,खानी,उद्योगका सम्भावनालाई खोज्न जरुरी रहेको बताउनु भयो । उहाँले अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था रहेको भन्दै त्यसलाई र्फकाउनु पर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ हामी बैंकिङ पुहँचमा तथ्याङ्कमा मात्रै रमाउनु मात्रै हुँदैन । पहुँचका हिसाबले अहिले सबै पालिका स्तरमा बैंकिङ सेवा पुगेको छ । तर बैंकहरुले स्थानीय तहमा गरेको काम चित्तबुझ्दो छैन । बैंकरुको परिणाम राम्रो छैन । बैंकहरुले सामाजिक सुरक्षा भत्ता र सरकारी कारोबारलाई बाहेक सम्भावना भएको ग्रामिण क्षेत्र त्यहाँ वित्तीय क्षेत्रले सम्भावनाको खोजी गर्न सकेन भन्ने मेरो मान्यता हो । सरकारले स्थानीय तहमा बैंकहरु जानुपर्छ र बैंक खोल्नुपर्छ भनेर निर्देशन ग¥यो । सानो आकारको भएपनि आयोजना र बजेट जाने भएकाले त्यसको भुक्तानी गर्नुपर्छ । सामाजिक सुरक्षा भत्ता,शिक्षक,स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको तलव भत्ता दिनुपर्छ । त्यही कारोबार गरेर बैंकिङ पहुँच सुदृढ भएको छ भन्ने हाम्रो निष्कर्ष छ । बैंक तथा वित्तीय संस्थाहरु सम्भावनाको खोजीमा भन्दा पनि अन्तै बरालिँदै छौं । हाम्रो सम्भावना जल,जङ्गल,जमिन,खानी,उद्योग भनिरहेका छौं । तर त्यो कुरा बैंकहरुले छाडेको छ । अहिले मानिसहरु पहाडबाट तराई र तराईबाट राजधानी झर्ने र राजधानीबाट विदेश पलायन हुने अवस्था छ । त्यसैले मुलुकभित्रका सम्भावनाहरुलाई छोड्दै गएका छौं । त्यसलाई र्फकाउनु पर्ने छ । हामीले कृषि र उद्योगबाट उत्पादनमा जोड दिने भनेका छौं तर बैंकको कृषिमा मात्रै लगानी कति छ रु पछिल्लो समय बैंकहरुसँग उद्योगीहरु क्रसित नै छन् । निजी क्षेत्र नै वित्तिय क्षेत्र हो । उद्योगबाट नाफा नहुँदा बैंकबाट नाफा कमाउने उद्योगी व्यवसायीहरु छन् ।’

मन्त्री भण्डारीले वित्तीय क्षेत्रमा अहिलेसम्म भएको उपलब्धी प्रमुख राजनीतिक दलहरुको रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारसँगस निजी क्षेत्र,बैंकर्स र उद्योगी व्यवसायीहरुले खाजेको नीतिगत सुधारको अपेक्षा देखिएको बताउनु भयो । उहाँले विगतमा बनाएका विद्यमान नीतिहरु अहिले बाधक भएकाले सुधारको आवश्यकता सरकारले महशुस गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्र लगानी र कर्जा प्रवाह किन एक जनाले कर्जा तिर्दिन भन्यो भनेर डराएर बस्न नहुने बताउनु भयो । उहाँले सरकारले बैंकको कर्जा लिइदिएकाले बैंकहरु ढुक्क भएर बसेको बताउनु भयो । बैंकहरुले जोखिम मोल्न नचाहेको उल्लेख गर्नुभयो ।