२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’को कलेक्सन १२ सय करोड नजिक



अ+ अ-

एजेन्सी । ‘पुष्पा २ः द रुल’ २०२४को डिसेम्बरमा रिलिज भएको थियो । त्यसयता यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ । योसँगै यस फिल्मले चौथो हप्तामा पनि राम्रै कमाई गरिरहेको छ ।

यो चलचित्र भारतकै सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । फिल्मले पहिलो साता ७२५.८ करोड, दोस्रो हप्ता २६४.८ करोड र तेस्रो साता १२९.५ करोड कमाएको थियो । यसपछि फिल्मले २३ औँ दिन ८.७५ करोड, २४ औँ दिन १२.५ करोड, २५ औँ दिन १५.६५ करोड, २६ औँ दिन ६.८ करोड, २७ औँ दिन ७.७ करोड र २८ औँ दिन १३.२५ करोड कमाएको थियो ।

सेकनिल्कको प्रारम्भिक ट्रेंड रिपोर्ट अनुसार, ‘पुष्पा २ः द रुल’ ले रिलिजको २९ औं दिनमा ५.१ करोड कमाएको छ। योसँगै यस फिल्मको कुल कलेक्सन ११८९.८५ करोड रुपैयाँ पुगेको छ । २९ दिनमा फिल्मले तेलुगुमा ३३१.८१ करोड, हिन्दीमा ७७८.४ करोड, तमिलमा ५७.८ करोड, कन्नडमा ७.६९ करोड र मलायालममा १४.१५ करोड कमाएको छ।

फिल्मले पाँचौं सप्ताहन्तमा १२ सय करोडको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।