२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट



India’s Rishabh Pant bats during play on the first day of the fifth cricket test between India and Australia at the Sydney Cricket Ground, in Sydney, Australia, Friday, Jan. 3, 2025. (AP Photo/Mark Baker)
अ+ अ-

काठमाडौँ । बोर्डर–गावस्कर ट्रफीको अन्तिम खेलमा भारत १८५ रन बनाएर अलआउट भएको छ । सिड्नीमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले खेलमा ७२.२ ओभर खेल्दै १८५ रन बनाएको हो ।

भारतका लागि ऋषव पन्तले सर्बाधिक ४० रन बनाए भने रविन्द्र जडेजाले २६, जसप्रित बमराहले २२, शुभमन गिलले २० रन बनाए ।

त्यस्तै अस्ट्रेलियाका बलरस्कट बोल्याण्डले सर्बाधिक ४ विकेट लिए भने मिचेल स्टार्कले ३ विकेट लिए । पाट कमिन्सले २ विकेट लिएका थिए भने नाथन लायनले एक विकेट लिए।

यो शृङ्खलामा अहिलेसम्म चार खेल खेलिएका छन् । जसमध्ये दुई खेल अस्ट्रेलियाले जितेको छ भने भारतले एक खेल जितेको छ । त्यस्तै एक खेल ड्र भएको थियो ।

आज भारतका नियमित कप्तान रोहित शर्मा खेलेका छैनन् । उनको स्थानमा जसप्रित बुमराहले कप्तानी गरिरहेका छन् ।