२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने



अ+ अ-

काठमाडौँ । विधेयक, कानून निर्माण सहजिकरण कार्यदलले समितिमा विचाराधिन विधेयकलाई छिटो पारित गर्न फोकल पर्सन तोक्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको विधेयक कानून निर्माण सहजीकरण कार्यदलले सो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको बारेमा नेपाली काँग्रेस र एमालेको तर्फबाट सम्बन्धित समितिमा रहनुभएका सदस्यहरुसँग छलफलहरु गरिरहेको र विधेयकलाई चाँडै समितिबाट पारित गर्नेगरी अघि बढ्न आग्रह गरिएको बताउनु भयो ।

फोकल पर्सन (विषयगत रुपमा जिम्मेवारी दिएका ब्यक्ति) सहितको बैठक पुस २४ गते बस्ने बताउनु भयो । उहाँले विधेयकका बारेमा उठेको केही अन्तरवस्तुका बारेमा समीक्षा भएको बताउनु भयो । दुवै दलले संसदको ६ वटा समितिहरुमा विधेयकहरुलाई छिटो पारित गर्नेगरी कार्यदल बनाएको र सोहीअनुसार बैठकहरु बसिरहेको बताउनु भयो । अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा विधेयक विचाराधिन रहेको बताउनु भयो । संसदीय काम र प्रक्रिया हरेक सांसदको पहिलोकाम भएकाले सोहीअनुसार लाग्न सांसदहरुसँग आग्रह गरिएको पनि बताउनु भयो । उहाँले बैठकले सांसदहरुलाई बैठकमा उपस्थिति हुने र हाजिर गर्ने मात्रै नभइ विधेयक अघि बढाउन आवश्यक पहल गर्न पनि अपिल गर्ने निर्णय गरेको बताउनु भयो ।

प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘अहिले हामीले विशेष गरी संसदीय समितिहरुमा विचाराधिन विधेयकहरुको बारेमा नेपाली काँग्रेस र एमालेको तर्फबाट सम्बन्धित समितिमा रहनुभएका माननीयज्युहरुसहित घुनिभुत छलफलहरु चलाइरहेका छौँ । बैठकहरु पनि नियमित बसाइरहेका छौँ । विधेयकहरुमा छलफल चलिरहेको पनि छ । अगाडि बढिरहेको पनि छ । आज हामीले त्यसै सन्दर्भमा विशेष गरी दुई दलको एउटा संसदमा विचाराधिन विधेयकको बारेमा एउटा संयन्त्र जे हामीले बनाएका छौँ, त्यसको बैठक बसेको छ । विधेयकका बारेमा उठेको कतिपय अन्तरवस्तुका बारेमा समीक्षा ग¥यौँ । दुवै दलले संसदको ६ वटा समितिहरुमा विधेयकहरु छन्, अर्थ समितिमा ५, राज्य व्यवस्थामा ४, शिक्षा २ वटा, पूर्वाधारमा २ वटा, कानूनमा एउटा र उद्योगसँग सम्बन्धित समितिमा एउटा छ । यो विधेयक रहेका समितिको काँग्रेस र एमाले दुवैले फोकल पर्सन तय गर्ने निर्णय गरेका छौँ । नेपाली काँग्रेसको तर्फबाट पनि त्यो भएको छ । एमालेको तर्फबाट भइसक्यो । २४ गते दुवै फोकल पर्सनसहितको बैठक आयोजना गर्छौं । त्यसपछि विषयगत समितिका सभापतिसँग छलफल गर्नेछौँ । सम्बन्धित मन्त्रीहरुले अधिकतमसमय दिनेगरी थप छलफल गर्नेछौँ ।’

बैठकमा सरकारका मुख्य सचेतक तथा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेपाली काँग्रेस संसदीय विभाग प्रमुख जीवन परियार, नेपाली काँग्रेसका सचेतक शुशिला थिङ, नेकपा एमालेका सचेतक सुनिता बराल लगायतको उपस्थिति थियो ।




भर्खरै