२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा प्रवाह, विकास निर्माण र अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छः एमाले



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पार्नुभएको राजनीतिक प्रतिवेदन केन्द्रिय कमिटीमा प्रश्तुत गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पुस २१ र २२ गते बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन प्रश्तुत गर्ने निर्णय गरेको बतउनुभएको हो ।

उहाँले राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल भएको पनि बताउनु भयो । उहाँले प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको बताउनु भयो । नेकपा एमाले र नेपाली काँग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरहरुका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो । साथै सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि बताउनु भयो । सरकारले ६ महिनामा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको तर पर्याप्त नरहेको निस्कर्ष पार्टीको रहेको बताउनु भयो । नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘बैठकमा मुख्यतः पुस २१ र २२ गते दुई दिन बस्ने केन्द्रिय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदनका मुख्य मुख्य विषयहरुमा छलफल गरेका छौँ । सचिवालयले त्यो बैठक अध्यक्षको तर्फबाट तयार गरिएको प्रतिवेदन केन्द्रिय कमिटीको बैठक समक्ष प्रश्तुत गर्ने निर्णय गरेको छ । प्रतिवेदनमा खासगरी पछिल्लो राजनीतिक अवस्थाको गम्भीर विवेचना गरिएको छ । यो नयाँ सरकार बनेपछि बस्न लागिरहेको पहिलो बैठक बसिरहेको हुनाले नेपाली काँग्रेस र नेकपा एमालेको बीचमा किन नयाँ सहकार्य शुरु गर्नुप¥यो । यसको औचित्य, त्यसको आवश्यकता र यसले सिर्जना गरेका अवसरहरु के हुन् ? त्यसको विषयमा चर्चा गरेका छौँ । सरकार गठन यतापटिको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्वपूर्ण उपलब्धिहरु हाँसिल गरेको, केही महत्वपूर्ण कामहरु भएको छ । थुप्रै कामहरु गर्न बाँकी रहेको हुनाले बाँकी काम छिटै सम्पन्न गर्न, डेलिभरीको पाटोमा, विकास निर्माणको पाटोमा अर्थतन्त्रलाई अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ । अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरिएको छ । पछिल्लो समय बढ्न लागेको अराजकता, मुलुकलाई अस्थिरतातिर लैजान खोज्ने प्रवृत्ति लगायत सबै विषयमा छलफल भएको छ ।’

उपमहासचिव ज्ञवालीले नेता भीम रावलाई पार्टीले गरेको कारबाही सही रहेको बताउनु भयो ।