६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो बलिउड फिल्मले चुम्बन दृश्यको सबै रेकर्ड तोडेको थियो



अ+ अ-

एजेन्सी । बलिउड फिल्ममा चुम्बन दृश्य हुनु सामान्य कुरा हो । तर, धेरै पटक फिल्मलाई हिट बनाउनका लागि फिल्ममा धेरै इन्टिमेट सीन र लिप लक सिन समावेश गर्न फिल्म निर्माताहरू पछि हट्दैनन् ।

आज हामी तपाईलाई यस्तै एउटा फिल्मको बारेमा बताउनेछौं जसले सबैभन्दा धेरै किसिङ सीन दिने रेकर्ड बनाएको थियो । तर यो फिल्म बक्स अफिसमा ठूलो फ्लप साबित भयो ।

हामीले कुरा गरिरहेको फिल्मको नाम ‘थ्रीजी ए किलर कनेक्सन’ हो । यो फिल्मले चुम्बन दृश्य दिने सबै रेकर्ड तोडेको थियो । इमरान हाशमीको ‘मर्डर’ र बिपाशा बसुको ‘जिस्म’लाई पनि यो फिल्मले पछि छोड्यो ।

२०१३ मा रिलिज भएको ‘थ्रीजी ए किलर कनेक्सन’ मा निल नितिन मुकेश र सोनल चौहानले मुख्य भूमिका निभाएका थिए । फिल्ममा ३० भन्दा बढी लिपलक सिन समावेश गरिएको थियो । ‘थ्रीजी ए किलर कनेक्सन’लाई शीर्ष आनन्द र शान्तनु रे छिब्बरले निर्देशन गरेका थिए ।

नील नितिन मुकेशले फिल्ममा नकारात्मक भूमिका निभाएका थिए र यो ए रेट गरिएको चलचित्र थियो । फिल्मले विश्वव्यापी बक्स अफिसमा ५.९ करोड मात्रै कलेक्सन गर्‍यो र निर्माताहरूका लागि ठूलो घाटा साबित भयो । यो चलचित्रले आईएमडीबीमा ३.६ रेटिङ पाएको छ ।