२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 5.14

Humidity: 52

Latest
नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत च्याम्पियन्स ट्रफीः भारतमाथि न्युजिल्याण्ड हाबी, दोहोरिएला २५ वर्षअघिकै नतिजा ? जनताको नासो फिर्ता चाहियो भन्दै नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन आयोगको आग्रह विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस पानी नपर्दा केरा उत्पादनमा ढिलाइ मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोवल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । ग्लोवल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ ।

आजदेखि बैंक आफ्नो १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको हो । १८ औं वार्षिकोत्सवको अवसरमा बिहीवार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोवल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गर्नुभयो । कर्मचारीहरुले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ । नेपालमा रहेका कुनैपनि बैंकको डिपोजिट बराबरको रकम ग्लोवल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताउनु भयो ।

अध्यक्ष ढकालले ग्लोवल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिव ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुशीको कुरा भएको बताउनु भयो । नेपालमा गरेपछि सबै सम्भव हुनेकुरा आफ्नो जीवनीबाट लिन सकिने बताउनु भयो ।
अध्यक्ष ढकालले भन्नुभयो, ‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ भनेर उहाँले भन्नुभयो । जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसावले करिव करिव ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौँ । त्यो पनि आफैँमा धेरै ठूलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसावले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापासिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्राण्डिङ छ । यो हिसावले अझै हामीले धेरै चिजहरु गर्नसक्ने ठाउँ छ ।’

‘हाम्रो स्ट्रेन्थलाई अझै हामीले क्यापिटलाइज गर्न सकेका छौँ जस्तो लाग्दैन । सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो इण्डिभिजियल कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम शुरु गरेको व्यक्तिले १८÷२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएशन लिएर इमान्दार हिसावले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्नेकुरा आज प्रमाणित भएको छ । हामीसँग ४ हजार जति कर्मचारी साथी हुनुहुन्छ, शेयर होल्डर त धेरै नै छौँ । मेहनत अझै हामीले बढायौँ भने साइजको हिसावले त सबैभन्दा ठूलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठूलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्नेकुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन । हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्नेगरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिन्छ ।’

१८ औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पौष २४ गते बुधवारसम्म रहनेछ ।