२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एन्फाको आर्थिक अनियमितता: चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे

अनशनको १९औं दिनः स्वास्थ्य कमजोर, सरकार भने असाधारण मौनतामा

अनशनको १९औं दिनः स्वास्थ्य कमजोर, सरकार भने असाधारण मौनतामा
अ अ+ अ-

काठमाडौँ । जिल्ला अस्पताल डडेलधुराकी कार्यालय सहयोगी कमला ढाटलाई यतिबेला अनशनरत डा. गोविन्द केसीलाई केही पो भइहाल्छ कि भन्ने चिन्ताले मन खिन्न बनाएको छ । गत वर्ष कात्तिकमा डडेलधुरा पुगेका डा। केसी अस्पतालबाट ५ मिनेटको दूरीमा रहेको कमलाकै घरमा सञ्चालित सगरमाथा होटलको एउटा कोठामा दुई महिनाभन्दा धेरै बसेका थिए । त्यसपछि केही दिनका लागि दार्चुला गएर फर्किन्छु भनेर उनी त्यहाँबाट हिँडेका थिए । जाने बेला उनले लौरो र एउटा झोला राखिदिनुहोला भनेर छाडेका थिए । सात वर्षदेखि पक्षाघातले थलिएका कमलाका श्रीमान् चन्द्रबहादुरलाई राम्ररी बस्नुस् है भनेर बिदा मागेका थिए । कमलाले टेलिफोनमा सुनाइन्, ‘डाक्टर सापलाई केही हुन्छ कि भनेर डर लाग्छ । सरकारले त्यति राम्रो मान्छेको कुरै सुन्दैन । पीर लाग्छ ।’

डडेलधुरा बसाइमा डा. केसी साधारण जीवनशैली र दिनरात नभनी निःशुल्क काम गर्ने स्वभावका कारण सामान्य जनताका निम्ति प्रिय थिए । कमलाका अनुसार उनी बिहान एक गिलास दूध पिएर ८ नबज्दै अस्पताल पुग्थे । दिनभर काम गर्थे । दिउँसो १ बजेतिर होटल फर्केर कहिले दालमोठ र एक थर्मस मनतातो पानी खान्थे, कहिले जुस र पानी खाएर फर्किन्थे । कमलाले सुनाइन्, ‘राति ८–९ बजेतिर फर्केर चारवटा रोटी र अलिकति तरकारी मात्रै खानुहुन्थ्यो ।’ कमलाले ०७३ सालमा श्रीमान्को उपचार गर्न महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका बेला डा। केसीलाई पहिलो पटक भेटेकी थिइन् । राजधानीको ठूलो अस्पतालमा काम गर्ने डाक्टरको सादगी देखेर छक्कै लागेको उनले सुनाइन् । ‘आफ्नै पैसाले मात्रै खाने । जे दिए पनि मीठो छ भन्ने । नुन–खुर्सानीसँग मात्रै रोटी दिए पनि खुसी भएर खाने,’ कमलाले भनिन् ।

डडेलधुराबाट डा. केसी दार्चुला लागे । सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्ला घुम्दै जुम्लामा अनशन बसे र त्यतैबाट अनशन जारी गर्दै असोज ६ गते काठमाडौं फर्के । दुई वर्षअघि जुम्लामा अनशन बसेका बेला सरकारी पक्षले बल प्रयोग गर्दा अस्पताल तोडफोड भएको थियो, फेरि त्यस्तो घटना नहोस् भनेर उनी काठमाडौं फर्केका हुन् । डडेलधुरामा रहेकै बखत गत कात्तिक १७ गते चिकित्सा क्षेत्र सुधार र आफूसँग सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न भन्दै डा. केसी १७ औं अनशन बसेका थिए । तर भारतसँग सीमा मुद्दा पेचिलो बन्दै गएका बेला अनशन बस्नु उपयुक्त नभएको निष्कर्ष निकालेर नवौं दिनमा उनले अनशन तोडेका थिए । सतिसालझैं जनस्वास्थ्य सुधारका लागि लडिरहेका डा। केसी यतिबेला त्रिवि शिक्षण अस्पतालको शय्यामा छन् । १९ दिनदेखि अनशनरत उनको स्वास्थ्य कमजोर भएको छ । बोल्न सक्दैनन् । उनको पक्षमा जनसमर्थन बढिरहेको छ । सरकारले भने असाधारण मौनता साँधिरहेको छ ।

डा. केसीले २६ वर्ष त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा विशेषज्ञ चिकित्सकका रूपमा काम गरे । ०७६ असोज २७ मा अवकाश पाएपछि उनी अस्पतालको क्वार्टरबाट ट्याक्सीमा आफ्ना पोकोपुन्तुरो बोकेर आफन्तको डेरामा पुगे । त्यसलगत्तै उनले दोलखा र इलाममा पुगेर सर्वसाधारणको निःशुल्क उपचार गरे । त्यसपछि बंगलादेशको एक शरणार्थी शिविरमा स्वयंसेवकका रूपमा काम गर्न गए र ३ सातापछि फर्के । त्यसपछि उनी सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लामा सर्वसाधारणको उपचारमा खटिए । सहयोगीहरूका अनुसार जहाँ जाँदा पनि उनी सार्वजनिक यातायात चढ्ने गर्छन् । डडेलधुरास्थित कमलाको होटलबाट बिदा भएर निस्केपछि डा। केसीले डोटी, बैतडी, अछाम, दार्चुला, बझाङ, बाजुरा, हुम्ला, कालीकोट, मुगु, डोल्पा हुँदै जुम्लामा पुगेर सर्वसाधारणको निःशुल्क स्वास्थ्य उपचार गरेका थिए । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्ला घुम्दा डा। केसीलाई सरकारी आदेशमा अपमान मात्रै गरिएन, उनलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न ठाउँ–ठाउँमा अवरोध गरिएको थियो ।

सरकारी अस्पताल र स्वास्थ्यचौकीमा निःशुल्क सेवा दिँदै र बेलाबखत चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बस्दै डा. केसीले अवकाशपछिका करिब १० महिना काठमाडौंबाहिर बिताएको देखिन्छ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा। केसी अवकाशपछि तेस्रो अनशनमा छन् । गत वर्ष कात्तिक १७ गते डडेलधुरामा १७ औं र गत जेठ २० मा दार्चुलामा १८ औं अनशन बसेका डा। केसी भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । डा. केसीको पछिल्लो अनशनको अन्तर्य बुझ्न ०७५ साउन १० मा सरकारसँग भएको नौबुँदे सम्झौतामा पुग्नुपर्छ । सम्झौताका अधिकांश बुँदा कार्यान्वयन नभएपछि उनले अहिले मुख्य ६ वटा माग अगाडि सारेका छन् । जसमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसको पढाइ थाल्नुपर्ने र डोटी, डडेलधुरा, उदयपुर, इलाम, पाँचथर, प्रदेश २ र गण्डकी प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गर्नुपर्ने, विश्वविद्यालय र चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा मापदण्ड बनाएर वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन सम्झौताअनुसार संशोधन गर्नुपर्ने माग मुख्य छन् ।

यी माग पुरानै हुन् । उनले पछिल्लो अनशनमार्फत अघि सारेका नयाँ माग भनेका बैतडीको बयलपाटा अस्पतालमा दिगो र निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने, मास्क र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआरको बढाएर लकडाउन अन्त्य गर्नुपर्ने र सरकारमाथि लाग्दै आएका भ्रष्टाचारका काण्डहरूको छानबिन गर्नुपर्ने र अख्तियारका बहालवाला र पूर्वआयुक्तहरूको सम्पत्ति छानबिन गर्नुपर्ने भन्ने हुन् । नौ वर्षदेखि पटक–पटक गरी दुई सय ४४ दिनसम्म अनशन बसिसकेका डा. केसीलाई आफ्ना मागमा स्थिर नरहेको आरोप नलाग्ने गरेको होइन । तर सादगी जीवनशैलीका पर्याय बनेका उनका अधिकांश मागमा जनताले सहज स्वास्थ्य सेवा र सुविधा पाउनुपर्ने मुद्दा नै केन्द्रमा देखिन्छ । ०६९ असारको पहिलो अनशनदेखि दोहोरिने एउटै माग भनेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आईओएममा वरिष्ठता र मापदण्डका आधारमा पदाधिकारी नियुक्ति नै हो ।

औषधिको पोकोपुन्तुरो बोकेर दुर्गम जिल्लामा पुगेकै बेला डा. केसी किन अनशन बस्छन् रु उनका नजिकका सहयोगीहरूका अनुसार जब दुर्गम जिल्लामा गरिब र विपन्नका दुःख देख्छन्, सरकारी स्वास्थ्य सेवामा उनीहरूले पहुँच पाउन नसकेको देख्छन्, तब डा. केसी शान्तिपूर्ण अनशनको बाटो रोजिहाल्छन् । १९ औं अनशनसम्म आइपुग्दा उनले ४८ दिन त दुर्गम जिल्लाहरूमै अनशन बसिसकेका छन् । डा. केसीले ०७५ असार १६ मा जुम्लामा १५ औं अनशन थालेका थिए । उनले ०७५ पुस २५ गते इलाममा १६ औं अनशन गरे । १७ औं अनशन उनले डडेलधुरामा ०७५ कात्तिक १७ गतेदेखि ९ दिनसम्म बसे भने १८ औं अनशन गत जेठ २० गतेदेखि २ दिन बसेका थिए । जारी १९ औं अनशन भने भदौ २९ गते जुम्लाको बाबिरामस्टो मन्दिरमा सुरु भएको थियो ।

सरकारले डा। केसीका प्रायः अनशनलाई सम्झौता गरेर टुंग्याउने गरेको छ तर सम्झौता कार्यान्वयन नभएपछि उनी फेरि अनशन बस्न बाध्य हुने गरेका छन् । डा। केसीले विज्ञप्तिमार्फत यस सवालमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् । अवकाशपूर्व गत वर्ष असोज ८ मा उनले विज्ञप्ति जारी गरेर चिकित्सा शिक्षा ऐनमा सम्झौता उल्लंघन गरेर विद्यार्थी र जनतामुखी नभई माफियामुखी प्रावधान राखिएको भनी टिप्पणी गरेका थिए । उक्त विज्ञप्तिमा पनि उनले अहिलेकै अनशनको मुख्य मागका रूपमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रमको पठनपाठन सुरु गर्नुपर्ने र सबै प्रदेशमा सरकारी मेडिकल कलेज पुर्‍याउन पहल थाल्नुपर्ने उल्लेख गरेका छन् ।

साथै उनले विश्वविद्यालयमा मापदण्डका आधारमा पदाधिकारी नियुक्ति गर्न पनि अपिल गरेका थिए । अवकाश पाएको दिन अर्थात् ०७६ असोज २७ मा पनि डा। केसीले विज्ञप्ति जारी गर्दै साउन १० को सम्झौताअनुसार ऐन संशोधन गर्नेदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने माग उल्लेख गरेका थिए । अवकाश पाएपछि केसीले विभिन्न मितिमा १० वटा विज्ञप्ति जारी गरेका छन् । दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा दिँदै हिँडेका डा। केसीलाई भदौ पहिलो साता जुम्लामा प्रहरीले हिँडडुलमै अवरोध गर्‍यो । उनका सहयोगीलाई समेत स्थानीय प्रशासनले सचेत गरायो । जुम्लाको अनशनस्थलबाट दुर्व्यवहारको शैलीमा डा। केसीलाई लघारियो । अनशनलाई निरन्तरता दिँदै काठमाडौं आउँदा त्रिवि शिक्षण अस्पताल जान खोजेका उनलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याइयो । निरन्तरको उपेक्षा, सम्झौता कार्यान्वयनमा बेवास्ता देखाउने सरकारी शैलीसँग डा. केसी निरन्तर जुधिरहेका छन् । त्यही भएर साहित्यकार खगेन्द्र संगौलाले बुधबार ट्वीटरमा लेखे, ‘यो सरकारका लागि झूटाग्रही खुदो हो, सत्याग्रही घाँडो । अठार दिनदेखि डा. केसी निराहार सत्याग्रहमा समर्पित छन्, सरकार दिग्भ्रान्त, मनोदशामा मौन छ । माग पूरा गरेर बचाऊँ, न माग पूरा गर्न मन छ न बचाउन । चुपचाप मर्न दिऊँ, सत्याग्रहीको नैतिक शक्तिले नाङ्गेझार बनाउने डर छ । कठै दुःख ।’

विश्लेषक श्याम श्रेष्ठले सरकारसँग गरेका सम्झौता पूरा गर्नकै लागि डा.केसी निरन्तर अनशनमा बस्नुपर्ने अवस्था आउनु सरकारमाथिको नैतिक प्रश्नको विषय भएको बताए । उनले भने, ‘आफैंले गरेका सम्झौता लागू गर्न नसक्ने हो भने सरकारमाथि सबैको विश्वास उड्छ ।’ श्रेष्ठले लागू गर्न नसक्ने सम्झौता किन गर्‍यो भन्ने प्रश्न गर्दै सरकारले आफ्नो बेइमानी छवि देखाएको बताए । ‘डा. केसीले अनशन बसेको समय ठीक भएन भन्ने एउटा प्रश्न हो, तर त्योभन्दा अहम् प्रश्न उनले उठाएका मुद्दा ठीक हुन् भन्ने सबैलाई हुँदाहुँदै पनि त्यसको कार्यान्वयन सरकारले किन गर्दैन भन्ने हो । यस्तो प्रश्नले सरकारले जनताको नजरमा नैतिक इमान गुमाइसकेको बुझाउँछ,’ उनले भने ।

डडेलधुरा अस्पतालका अहेव नीलकण्ठ भट्टको घरमा डा। केसीले १७ औं अनशन नौ दिनसम्म बसेका थिए । दिनरात नभनी गरिब, दुःखीको सेवा गर्ने त्यस्ता डाक्टर आफूले कहिल्यै नदेखेको उल्लेख गर्दै उनले भने, ‘यो देशमा राम्रो मान्छेलाई कसले निको मान्छ र ?’ उपचार गर्न आएका बिरामीसँग पैसा नभए आफैं औषधि किनिदिने र उस्तै परे घर जाने गाडी भाडा पनि दिने डा। केसीको बानी देखेर उनी चकित परेका थिए । उनले त्यो दिन सम्झँदै सुनाए, ‘बिरामी आए भने राति १० बजे पनि जुरुक्क उठेर काम गर्थे । त्यस्ता डाक्टर त कहीं पाइँदैनन् ।’ माग पूरा गराउन सरकारलाई दबाब दिँदै करिब दुई महिना डा। केसी जुम्ला बसेका थिए । कान्तिपुर दैनिक