१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

फागुन १६ र १७ गते सरकारले फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार सम्मेलन गर्दै

फागुन १६ र १७ गते सरकारले फागुन १६ र १७ गते सरकारले श्रम तथा रोजगार सम्मेलन गर्दै
अ अ+ अ-

काठमाडौँ । सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामि फागुन १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतिहरुको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ । अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ ।

उहाँले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताउनु भयो । उहाँले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताउनु भयो । समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उहाँको भनाइ छ । उहाँले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताउनु भयो ।

सहसचिव घिमिरेले भन्नुभयो, ‘अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन भएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुमा समन्वयकारी भुमिका निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ । उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ । हाल उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन भएको छ । मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको छ । व्यक्तिगत स्वरोजगार भन्दापनि वेदैशिक रोजगारमा जान इच्छुक भएका छन् । उत्पादन र उत्पादकत्व वृद्धि भन्दापनि वस्तुको आयातमा हाम्रो अर्थतन्त्र घुमेको छ । समग्र कृषि र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो मानिँदैन । यसमा रुपान्तरण अनिवार्य देखिएको छ । श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु समेत चिन्ताको विषय हो । श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक छ । वैदेशिक रोजगारी हाम्रो अर्थतन्त्र र समाजको अभिन्न अंग भएको छ । मुलुकको वैदेशिक मुद्रा आय आयर्जनको प्रमुख स्रोत भएको छ । बिप्रेषणलाई कसरी मुलुकको रुपान्तरणमा गर्न सकिन्छ भन्ने विषयको बहस गर्न ढिला गर्नु हुँदैन । वैदेशिक रोजगारीलाई मुलुकको अर्थतन्त्रको अल्पकालिन मेरुदण्डकोरुपमा मात्र लिन सकिन्छ । मुलुकको उत्पादन र उत्पादकत्व वृद्धि नै मुलुकको अगामी कार्य इच्छा हुनुपर्दछ ।’

सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, ट्रेड युनियन, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता तथा विज्ञ गरी ५ सय जनाको सहभागिता रहने बताइएको छ । मन्त्रालयले यसअघि पनि चार वटा श्रम तथा रोजगार सम्मेलन गरिसकेको भएपनि सम्मेलनबाट आएका निस्कर्षहरु कार्यान्वयन गर्न सकेको छैन । यस सम्मेलनले विगतमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न सहज वातावरण सिर्जना गर्ने सरकारको विश्वास छ ।