१२ भाद्र २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलसमक्ष ५ देशका राजदूतले लिए शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्‍न पाँच देशका लागि नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

शीतल निवासमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य, डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ गराउनुभएको हो ।

राजदूतहरू प्रकाशमणि पौडेल गणतन्त्र पोर्चुगल, डा नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।