२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गर्नुभयो । उहाँले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउनु भयो । उहाँले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउनु भयो । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुप¥यो ।’

उहाँले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताउनु भयो ।