१९ पुष २०८१, शुक्रबार
,
Latest
स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँः मन्त्री पौडेल परिणाममुखी काम गर्न गृहमन्त्री लेखकको निर्देशन संसद् छलेर सरकार अध्यादेशको बाटोमा गयोः माओवादी केन्द्र महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौँ महानगर पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल जनशक्ति अभावका कारण नेपालले कोप–२९ मा ६८ वटा विषयगत बैठक गुमाउनुपर्योः सचिव खराल क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन टीकापुरमा चिसो बढेपछि दाउरा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद डा अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो बताउनुभएको हो । उहाँले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गर्नुभयो । उहाँले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउनु भयो । उहाँले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउनु भयो । मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुप¥यो ।’

उहाँले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताउनु भयो ।