२१ पुष २०८१, आईतवार
,
Latest
जय ट्रफीः मधेश प्रदेश १०२ रनमा अलआउट, सन्दिपले लिए ५ विकेट मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति ठूलो आँधीबेहरी, हिमबर्षा र चिसो चिन्ताले अमेरिकाका अधिकांश भाग आक्रान्त गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु: हमास संविधान संशोधनका क्रममा संघीयता र व्यवस्थामाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार मानव सेवाभन्दा ठूलो अरु कुनै धर्म छैन: राष्ट्रपति पौडेल वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म जापानमा बर्डफ्लुको प्रकोप साहिद कपूरको फिल्म ‘देवा’को टिजर सार्वजनिक बागमतीविरुद्ध १०२ रनमै रोकियो मधेश, सन्दीपले लिए ५ विकेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैनः महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ ।
नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटी द्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताउनुभयो । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उहाँले स्पष्ट पार्नुभयो । ‘ नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उहाँले भन्नुभयो ।

मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उहाँले बताउनुभयो । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ ।

सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उहाँले बताउनुभयो । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने उहाँले भन्नुभयो । अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ’, उहाँले भन्नुभयो ।

गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिनुभयो । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको छ’, उहाँले भन्नुभयो ।

नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको बताउनुभयो । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।

बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्ने परम्परा विश्वमा कतै नभएको बताउँदै नेपालमा बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्न खोजेकाले देशका दुई ठुला पार्टी एक ठाउँमा उभिनु परेको उहाँले बताउनुभयो । ‘नेपालमा ३२ सिट म्याजिक नं, २ सय ७५ सिटमा ३२ सिटले शासन गर्छ अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड’, उहाँले भन्नुभयो ।

अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको उहाँले बताउनुभयो । अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको पोखरेलले बताउनुभयो ।

पशुपतिको जलहरीको कुरा उठाएर माओवादीका नेताहरूले टनका टन सुन आफ्नो घरमा पुर्‍याएका पोखरेलले दाबी गर्नुभयो । माओवादीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा ठुला तस्करसँग माओवादी कार्यकर्ताको विवाह गराउने काम भएको पनि उहाँले स्मरण गराउनुभयो ।

यस्ता व्यक्तिले आफूलाई सुशासनका नायक भनेर भद्दा मजाक गरेको उहाँले सुनाउनुभयो । नेपाको राजनीतिलाई विकृत बनाउने काम माओवादीबाट भएको उहाँको भर्ना छ ।

पुरानाका दिन सकिए, जान्नेलाई छान्नु पर्छ भन्नेहरू कति जान्ने रहेछन् भन्ने कुरा पनि देखिएको उहाँले बताउनुभयो । नैतिक, आर्थिक र सामाजिक रूपमा समेत उनीहरू विकृत भएका उहाँको भनाइ छ । ‘जे छोयो त्यसैमा समस्या, नागरिकता हेर्‍यो नागरिकतामा समस्या, पासपोर्ट हेर्‍यो पासपोर्टमा समस्या, व्यवसायमा लाग्यो त्यहीँ समस्या’, उहाँले भन्नुभयो ।

जान्ने भनिएकाहरू लुटपाट, ठगीमा जान्ने देखिएका उहाँले बताउनुभयो । उल्टो उनीहरूले आफ्नो संलग्नता नरहेको भन्दै अपराधलाई ढाकछोप गर्ने काम गरिरहेको पोखरेलले सुनाउनुभयो ।

नेकपा एमाले नेतृत्वको सरकार बनेपछि देशमा आर्थिक सञ्चिति बढेको, विकासले गति लिएको तथा लगानीको वातावरण सिर्जना भएको पोखरेलले बताउनुभयो । कानुनी सुधार क्षेत्रमा पनि नयाँ ढङ्गले काम गर्ने भनेर दुई दलले संयन्त्र नै बनाइ सकेका उहाँले जानकारी दिनुभयो ।

नयाँ पुस्ता क्षमताको साथ राजनीतिमा आउनु पर्ने बताउँदै उहाँले पुराना पुस्तको अनुभवबाट नयाँ पुस्ताले सिक्नु पर्ने बताउनुभयो । केही नजानेकालाई शासन सत्ता दिने कुराले देशलाई अझ बरबादी तर्फ लैजाने पोखरेलको धारणा छ ।

सबैले मेरो क्षेत्र कहाँ हो भन्ने कुरा बुझ्न आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । सामाजिक सञ्जालमा चर्चामा आएको भरमा नेता बन्न नसकिने उहाँले बताउनुभयो ।

समाजमा अहिले फैलिएको अराजकता समस्याको समाधान नभएको पोखरेलले बताउनुभयो । अराजक समाजले राज्यलाई कमजोर बनाउने उहाँले प्रष्ट पार्नुभयो ।