१९ पुष २०८१, शुक्रबार
,
Latest
विनाअक्सिजन ८ हजार मिटर अग्ला हिमालको आरोहण गरेका मिङ्मालाई विमानस्थलमा भव्य स्वागत सामूहिक खेती गरी आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान एलिट कपः आरिफ शेखको कप्तानीमा पुलिस क्लबको टोली घोषणा सिड्नी टेस्टः भारत १८५ रनमा अलआउट ठगीमा मुछिएपछि लेखा समितिका सभापतिले गरे स्वकीय सचिवलाई बर्खास्त एकैदिन दुई हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? एमसिसीले थप छ अर्ब ८० करोड प्रदान गर्ने प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन प्रचण्डलाई महेश बर्तौलाको आग्रहः समाज विभाजित गर्ने अभिव्यक्ति नदिनुहोला
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनी छोइङ डोल्माको गीत ‘जिन्दगीको पाठशाला’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संगीत र समाजसेवामा सक्रिय आनी छोइङ डोल्माको ‘जिन्दगीको पाठशाला ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल मार्फत सार्वजनिक गीतमा प्रशासनविद् तथा वरिष्ठ गीतकार डा दामोदर रेग्मीको शब्द रहेको छ ।

संगीतमा कृति न्यौपाने छन् भने पुरुषोत्तम सुवेदीले एरेन्ज गरेका छन् । किशोर थापाको मिक्सिङ मास्टरिङ र राकेश श्रेष्ठको रेकर्डिङ रहेको यस भिडियोमा वरिष्ठ अभिनेत्री मिथिला शर्माको अभिनय रहेको छ ।

यो गीतको भिडियो काठमाडौँको दरबार हाइस्कुल, भानुभक्त मावि र कीर्तिपुरको पुष्प सदन मावि तथा स्वयम्भूमा छायांकन गरिएको छ । भिडियोमा उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन र कृष्णदेव रूपाखेतीको निर्देशन रहेको छ ।