७ जेष्ठ २०८२, बुधबार
,
Latest
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी, तयारी अवस्थामा नबसे ठूलो क्षति हुने… लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि बिचको सहकार्य अक्षयले परेश रावलविरुद्ध २५ करोडको मुद्दा दायर गरे, ‘हेरा फेरी ३’को शुटिङ बीचैमा छोडेको आरोप गौरवको आयोजना छ वर्षदेखि अलपत्र ‘हार्ट ल्याम्प’ कथा सङ्ग्रहका लागि भारतीय लेखकलाई अन्तर्राष्ट्रिय बुकर पुरस्कार काठमाडौं प्रहरी परिसरबाटै थुनुवा फरार भएपछि… माओवादी लक्षित एमाले सांसदको कटाक्षः एउटा कर्मचारी हटाउँदा तीन दिनसम्म रुने बानी छ विशाल कार्यः पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि उत्कृष्ट ‘ढुकुर जोडी’लाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिका सम्पती शुद्धीकरणको मामिलाः नेपालमा शंकास्पद कारोवार तथा गतिविधि झनै बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महासागर सँगै भएर पनि किन मिसिँदैनन् ?



अ+ अ-

एजेन्सी । पृथ्वीमा ७० प्रतिशत पानी छ । यसमा समुद्रदेखि बरफका चट्टानहरू र नदीहरू सम्मका सबै कुराहरू समावेश छन् ।

सायद सबैलाई थाहा छ कि संसारमा जम्मा पाँचवटा महासागरहरू छन्, जुन अथाह छन् अर्थात् तिनीहरूको कुनै सीमा छैन ।

महासागरको शुरुवात र अन्त्यको जानकारी प्राप्त गर्नु निकै कठिन कार्य हो । महासागरको गहिराइमा लुकेका धेरै रहस्यहरू छन् ।

हिन्द महासागर र प्रशान्त महासागर अलास्काको खाडीमा भेटिन्छन्, तर हामी भन्न सक्छौं कि यी दुई महासागरहरू एकसाथ मिल्दैनन् । किनभने तिनीहरूको पानी कहिल्यै एकअर्कासँग मिसिँदैन । हिन्द महासागरको पानी र प्रशान्त महासागरको पानी अलग रहन्छ ।

तस्बिरमा दुई महासागरको पानी फरक–फरक रहेको स्पष्ट देखिन्छ । एउटा नीलो र अर्को हल्का हरियो देखिन्छ । कतिपयले यो रहस्यलाई धार्मिक विश्वाससँग जोड्छन् भने कतिपयले यसलाई भगवानको चमत्कार मान्छन् ।

यी दुई महासागरको पानी किन एकअर्कासँग मिसिदैन भन्ने कुरा बुझौं । वैज्ञानिकहरूका अनुसार दुई महासागर नमिल्नुको कारण नुन र ताजा पानीको भिन्न घनत्व, तापक्रम र लवणता हो ।

दुई महासागर मिल्ने ठाउँमा फोमको पर्खाल बनेको विश्वास गरिन्छ । फरक घनत्वका कारण दुवै एकअर्कालाई भेट्छन् तर पानी भने मिसिँदैन ।

दुई महासागरको मिलन नहुनुको अर्को कारण पनि दिइएको छ । विभिन्न घनत्वको पानीमा सूर्यको किरण पर्दा त्यसको रंग परिवर्तन हुने विश्वास गरिन्छ । यसबाट दुवै महासागर मिलेको देखिन्छ तर तिनीहरूको पानी एक अर्कामा मिसिएको हुँदैन ।