१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक होऔँः उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार र उपलब्धिको रक्षाका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ ।

सोमवार टुँडिखेलमा तमु ल्होसारको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्राप्त अधिकार र उपलब्धि सहजै प्राप्त नगरेको भन्दै यसलाई संस्थागत गर्न जरुरी रहेको बताउनु भयो । लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा सबै मिलेर गर्नुपर्ने बताउनु भयो । उहाँले आम नेपाली जनताहरु राष्ट्र र समाजलाई उन्नत र सम्पन्न राष्ट्र बनाउनुपर्ने बताउनु भयो । उहाँले पहिचानको सुरक्षा र संवद्र्धन गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो । प्राप्त अधिकारको सुरक्षा र संवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबैले प्राप्त गरेको यो अधिकार सजिलैसँग प्राप्त गरेको होइन । धेरै लामो संघर्षबाट प्राप्त गरेको अधिकारहरुलाई यसलाई सुरक्षित राख्दै, संस्थागत गर्दै हामीले यसै अधिकारलाई सुरक्षित र संस्थागत गर्दै आउँदै गरेको दिनमा आम नेपाली जनता, राष्ट्र र समाजलाई उन्नतिको एउटा उन्नत, सम्पन्न राष्ट्र बनाउन लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले पुर्खाले छोडेका रितिथिति र परम्परा जोगाउन सबै सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो । पुर्खाले छोडेर गएका संस्कार र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताउनु भयो ।