१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसमा आउने सम्भावना जीवितै छः वामदेव गौतम



अ+ अ-

कठमाडौँ । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।

सोमवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो । भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताउनु भयो । उहाँले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । र आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताउनु भयो ।