काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा दुई शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबीच वार्ता चलिरहेको छ । नेकपा एकता राष्ट्रिय अभियानले एकीकृत समाजवादीसँग एकता गर्न वार्ता समिति गठन गरेको थियो ।
आजको भेटमा उनीहरुबीच एकताको प्रगति विवरणबारे छलफल भएको बुझिएको छ ।