१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ, जनतामा समृद्धि आउँछः ऊर्जामन्त्री खड्का

ऊर्जा क्षेत्रको विकासबाट नै मुलुकमा आर्थिक विकास हुन्छ, जनतामा समृद्धि आउँछः ऊर्जामन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको छ ।

ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत उत्पादनको प्रचुर सम्भावना रहेको भन्दै नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउनसक्ने दाबी गर्नुभएको हो ।

मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकास गरेर मुलुकमा आर्थिक समृद्धि ल्याउन सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले आगामी १० वर्षमा २८ हजार ५ सय मेगावट विद्युत उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिँदै बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको बताउनु भयो । उक्त लक्ष्य पूरा गर्न नीतिगत र संरचनामा सुधार गर्नुपर्ने बताउनु भयो । संरचना र नीतिगत परिवर्तनका लागि सरकार तयार रहेको बताउनु भयो । उहाँले जलविद्युत क्षेत्रमा देखिएका वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको जानकारी दिनुभयो । उहाँले भारतसँग विद्युत विक्री गर्ने सम्झौता गरेसँगै यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री गर्न सफल भएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भारतमा विद्युत व्यापार वृद्धि हुँदा भारतसँगको व्यापार घाटा कम भएको बताउनु भयो । उहाँले विगतमा विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेको भएपनि यो वर्ष १० अर्ब बढी नाफामा रहेको बताउनु भयो । उहाँले बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिएर अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलेको बताउनु भयो । उहाँले विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्न नभएको बताउनु भयो । उहाँले विद्युत विक्री नगरी मुलुक धनी र समृद्ध हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा ऊर्जा क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउन सकिन्छ । यो सम्भव छ । जलविद्युत क्षेत्र अहिलेको लागि सबैभन्दा ठूलो क्षेत्र रहेको छ । त्यसै अन्तर्गत रहेर सरकारले एउटा लक्ष्य हुनुपर्छ भन्ने दृष्टिकोणका साथ २८ हजार ५ सय मेगावट उत्पादन गर्ने र आन्तरिक खपतको लागि जोड दिने र बाँकी रहेको विद्युत निर्यात गर्ने लक्ष्य राखेको छ । त्यो लक्ष्य पूरा गर्नको लागि नीतिगत र संरचनागत के परिवर्तन गर्नुपर्छ भन्दा वनका समस्या,जग्गा प्राप्ति जस्ता समस्याहरुलाई समेत समेटेर छिटो छरितो गर्ने,हिउँदको समयमा विद्युत अभाव हुने विषयलाई सम्बोधन गर्ने विषयमा रिजर्भर परियोजनामा जाने नीतिगत निर्णय गरेर अगाडि बढेको अवस्था छ । भारतसँग विद्युत विक्री गर्ने सम्झौता भएको थियो । यो वर्ष साढे ९ सय मेगावटसम्म विक्री ग¥यौँ । व्यापार घाटा समान्तर भयो । अझ १० करोडसम्म प्लसमा नै छौं । विद्युत निर्यातमा १३ अर्ब जति रकम भारतलाई तिर्ने गरेका थियौं । बंलादेशमा विद्युत विक्री गर्ने विषयमा मूर्त रुपमा दिन सकिएको थिएन । निरन्तर भारत र बंलादेशसँग छलफल गरी भारतको सहयोगमा अन्तरदेशिय विद्युत व्यापारकोे ढोका खोलियो । नीतिगत कुरा स्रोत र उत्पादन हो । विद्युत उत्पादन गरेर विदेशमा बेच्नु भनेको खोला नाला विक्री गर्नु होइन । विद्युत विक्री नगरी मुलुक धनी भएर समृद्ध हुन सक्दैन । यो भाष्यलाई परिवर्तन गर्न जरुरी छ । जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था थियो । तर सरकारले समृद्धिका कुरा गरिरहेका छौं । बलियो सरकार छ । समान अधिकार जनतालाई भएन । पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न सकेनन् भन्ने लागेर राज्यको दायित्व पनि हो । प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको शेयर दिनुपर्छ । त्यति शेयर पायो भने गरिबीको रेखाबाट माथि उठ्ने हिसावले व्यवस्था गरिएको छ । त्यसको लागि सरकारले त्यसको रकम उपलब्ध गराउनुपर्छ । लगानी सुनिश्चिता बनाएर स्रोत माथिको अधिकारको स्वामित्व जनतालाई दिनुपर्छ ।’

उहाँले जलविद्युत उत्पादन गर्दा १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रलाई दिने विषय कार्यान्वयन भएको तर शेयर किन्ने बेलामा पैसा हुनेले मात्रै प्राप्त गर्ने अवस्था रहेको बताउनु भयो । उहाँले पैसा नहुने मानिसहरुले स्रोत माथिको अधिकार प्राप्त गर्न नसक्ने अवस्था रहेकाले त्यसको दायित्व राज्यले दिनेगरी प्रत्येक घरधुरीमा एक आयोजनामा २ देखि ५ लाखको सहुलियतमा ऋण दिएर शेयर पाउने व्यवस्था गर्न लागेको बताउनु भयो ।