१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा

पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
अ अ+ अ-

चितवन । नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् ।

नेपाल कुखुरा व्यवसायी मञ्चले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा वक्ताहरुले व्यवसाय निकै सङ्कटको अवस्थामा पुगेको गुनासो गरे । मञ्चका अध्यक्ष रघुनाथ भट्टले कोरोना महामारी अघिसम्म हरेक साता ५० लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेकोमा हाल ३० लाख हाराहारीमा झरेको बताउनुभयो ।

यसैगरी लेयर्स चल्ला साताको तीन लाखबाट एक लाखमा झरेको, कलर ब्रोइलर ९गिरिराज० सातामा पाँच लाख उत्पादन हुने गरेकामा दुई लाखमा झरेको, दैनिक ६० लाख गोटा अण्टा उत्पादन २४ लाखमा सीमित भएको तथ्याङ्क प्रस्तुत गर्नुभयो । चल्लाको उत्पादन घटेसँगै दानाको खपत घटेको उहाँको भनाइ छ । उहाँका अनुसार दैनिक १२ हजार मेट्रिक टन दाना उत्पादन हुँदै आएको हाल तीन हजार पाँच सय टनमा झरेको छ ।

मासु दैनिक १० लाख किलोबाट छ लाखमा झरेको भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आधाभन्दा बढी उत्पादन घटेपछि सोही अनुपातमा किसान विस्थापित हुन पुगेका छन् ।”

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले लामो समयपछि अण्डाको लागत मूल्य पाउन थालेको बताउनुभयो । लेयर्स कुखुरा पाल्ने ७५ प्रतिशत किसान विस्थापित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो “साना किसान धेरै विस्थापित भएका छन्, ठूलाले केही धानेका छन् ।” बैंकको ऋण बढाएर र पैतृक सम्पत्ति बिक्री गरेर ठूला फर्महरुले जोखिम मोल्दै उत्पादन गरिरहेको उहाँको भनाइ छ ।

ठूला फर्मकै कारण किसान ७५ प्रतिशत विस्थापित हुँदा उत्पादन आधा भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “अहिले पनि हामी उच्च जोखिममा काम गर्न बाध्य छौँ ।” दस हजारदेखि चार लाखसम्म कुखुरा पाल्नेलाई ठूला किसानको रुपमा लिने गरिएको छ ।

ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेले एउटा ब्रोइलर चल्ला उत्पादन गर्न रु ७० खर्च हुने भए अहिले रु ३० मा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । यस्तै रु एक सय ४० मा तयार हुने लेयर्स चल्ला रु ७० हाराहारीमा बिक्री गर्नु पर्दा धेरै विस्थापित हुनुपरेको बताउनुभयो । तीन सय ८० वटा ब्रोइलर ह्याचरी रहेकोमा अहिले ७० वटा कम क्षमतामा चलेको र अरु बन्द भएको उहाँले बताउनुभयो ।

यस्तै १५ वटा लेयर्स ह्याचरीमध्ये पाँच वटा मात्रै सञ्चालनमा आएको लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जग्गा लिलाम हुने अवस्थामा छ, राज्यले हेरेन ।” सहुलियत कृषि ऋण हटेको भन्दै उहाँले चल्ला उत्पादन गर्ने माउ झिकाउनका लागि आर्थिक अभाव हुँदा ह्याचरीहरु बन्द हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो ।

चल्ला बिक्री गर्नेलाई मात्रै होइन, ब्रोइलर पाल्ने धेरै विस्थापित भएको उहाँले बताउनुभयो । ब्रोइलर कुखुरा जिउँदो प्रतिकेजी रु दुई सय ५० लागत मूल्य पर्ने भए अहिले किसानले रु एक सय ८० मा बिक्री गर्नुपर्दा निरन्तरको घाटाले धेरै विस्थापित भएको उहाँको दाबी छ ।

मञ्चका वरिष्ठ उपाध्यक्ष डा रवन्तकुमार भट्टराईले जनचेतनाको अभावमा अण्डा र मासुको खपत कम भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एसियाली मुलुकमा एक जनाले वार्षिक एक सय आठ वटा अण्डा र ४९ किलो मासु खपत गर्नुपर्नेमा नेपालमा ६२ वटा अण्डा र आठ किलो मासु मात्रै खपत छ ।”

पाँच वर्षसम्मको बालबालिकालाई कुपोषणबाट बचाउन अण्डा र मासुको उपभोग गर्नुपर्ने भन्दै उहाँले यसो हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रोटिनको उपभोग निकै कम छ ।”

मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले लागत मूल्य बढेको र उत्पादनले सोअनुसार मूल्य नपाउँदा आत्मनिर्भर यो व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यही अवस्था रहेमा केही वर्षमा पोल्ट्री व्यवसाय समाप्त हुन्छ ।”

यसैबीच १२औँ राष्ट्रिय पोल्ट्री दिवस यस वर्ष चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ । त्यसअवसरमा पोल्ट्रीसम्बन्धी नीति नियम, पोल्ट्रीको वर्तमान अवस्थाबारे छलफल पनि हुनेछ । अण्डा र मासुमा पाइने पौष्टिक तत्वबारेमा चिकित्सकहरुबाट विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रुपमा मनाइँदै आएको छ । रासस