२३ भाद्र २०८३, मंगलवार
,
Latest
रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पार्टी खोल्ने तयारीमा भीम रावल, बुधबार पत्रकार सम्मेलन गर्दै



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेका डा भीम रावलले बुधबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने लागेका छन् । आगामी कार्य योजनाबारे जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

काठमाडौंको कार्की बैन्क्वेटमा हुन लागेको पत्रकार सम्मेलनमा उनले आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारे जानकारी दिने बताईएको छ । साथै, उनले नयाँ पार्टी घोषणा गर्ने रावलको निकट स्रोतले बतायो ।

एमालेको कारबाहीपछि रावलले नयाँ पार्टी खोल्नेबारे आन्तरिक छलफल गरिरहेका छन् । सोमबार बिहान मात्रै उनले नेपाली कांग्रेसका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग भेटवार्ता गरेका थिए ।

एमालेको बुधवार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।