१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन्ः डा. सुवास पन्त (अन्तरवार्ता)

भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो छुट्याउन नसक्दा धेरै बिरामी सिकिस्त हुन्छन्ः डा. सुवास पन्त (अन्तरवार्ता)
अ अ+ अ-

देशभर चिसो बढेको छ । चिसोमा सबै उमेर समूह र शारीरिक अवस्था कमजोर भएका व्यक्ति बिरामी पर्ने र अस्वस्थ महशुस गरिरहेका हुन्छन् । कतिपय अवस्थामा यो सामान्य रुघाखोकी लागेर दुई÷तीन दिनमा निको हुन्छ । कतिपय अस्पताल नै पुगेर उपचार गराउनुपर्ने अवस्थामा पुग्छन् । कस्तो लक्षण देखिए घरेलु उपचार गर्ने र कस्तो लक्षण देखिए अस्पतालमा गएर जाँच गराउने भन्ने दुविधा हुन्छ । हामी यसै दुविधामा परेर सिकिस्त हुन्छौँ । काठमाडौं मेडिकल कलेज सिनामंगलमा कार्यरत फिजिसियन डा. सुवास पन्तले भाइरल ज्वरो र इन्फ्ल्एन्जा ज्वरो छुट्याउन नसक्दा जटिल अवस्थामा पुग्ने गरेको बताउनु भयो । इन्फ्ल्एन्जा ज्वरोलाई भाइरल ज्वरोको उपचारले नपुग्ने कुरा बुझ्नुपर्ने बतउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा डा. पन्तले रुघाखोकीसहित खान मन नलाग्ने, टाउको दुख्ने, श्वास फेर्न अफ्ठ्यारो महशुस भयो भने अस्पताल गएर उपचार गराउन सुझाव दिनुभयो । प्रश्तुत छः काठमाडौं मेडिकल कलेजका फिजिसियन डा. सुवास पपन्तसँग गरिएको कुराकानीको सम्पादित अंश ।

प्रश्नः देशभर चिसो बढेको छ, चिसोसँगै प्रदुषण पनि बढेको हो ?

जवाफः प्रायजसो चिसो महिनामा प्रदुषण पनि बढी हुन्छ । चिसोले धुवाँलाई अलिकति बाँधेर राखेको हुन्छ । जाडो महिनामा पानी पर्ने सम्भावना पनि कम हुने भएकाले पनि प्रदुषण उच्च हुने हो । चिसो महिनाहरुमा बिहानको समय प्रदुषण उच्च हुने गरेको छ । प्रदुषणको मात्रा पानि कम भएर पनि बढ्छ नै । दोस्र्रो, धुलोहरुलाई ट्रयाप गर्ने सिस्टम भएर बिहानको समयमा प्रदुषण बढ्ने गरेको छ ।

प्रश्नः यो समयमा कस्तो खालको संक्रमणको जोखिम रहन्छ ?

जवाफः संक्रमणबारे प्रायः सबै जनालाई थाहा नै होला । रुघाखोकीको बिरामी अलिकति बढ्ने समय हो यो । रुघाखोकीमा पनि धेरै मान्छेहरु (क्न्फ्युज) अलमल भइरहेका हुन्छन्, कुन रुघाखोकी सामान्य र कुन रुघाखोकी गम्भिर खालको भनेर । मेडिकलको भाषामा भन्दा सामान्य रुघाखोकी हुन्छन्,जसलाई हामीले राइनो भइरस भनेर भन्ने गर्दछौं । अर्को रुघाखोकी चाहीँ अलिकति घाँटी पनि दुख्ने, आँखा पनि रातो हुने हुन्छ । त्यसलाई हामी आइडिनो भाइरस भन्ने गर्छौं । तेस्रो रुघाखोकी अलिकति जटिल हुन्छ । त्यसलाई हामी इन्फ्ल्युएन्जा भन्ने गर्छौं । यसले रुघाखोकी पनि ल्याउने, ज्वरो धेरै आउने टाउको दुख्ने र कसैकसैलाई त निमोनिया समेत हुने गरेको छ । यो सबै कुरा जाडो महिनामा अलिकति बढी हुने गर्दछ । जाडो महिनामा प्रेसर बढ्ने, मुटुको रोगीको मुटुको धड्कनको गति पनि बढ्ने, पक्षघातको दर पनि बढ्ने हुन्छ । एउटा सरुवा रोग अर्को दीर्घकालीन रोगहरु पनि यही समयमा बढी हुने गर्दछ ।

प्रश्नः चिसोको समयमा अस्पतालहरुमा कस्ता खालका बिरामीहरुको चाप बढी हुन्छ ?

जवाफः जाडो महिनामा हुने भनेकै रुघाखोकी हो । अनि दम र श्वासप्रश्वासका बिरामीहरुको अस्पताल आउने दर बढी हुने गर्दछ । दमको बिरामी नहुनेहरुमा चाहीँ रुघाखोकी बढ्ने, रुघाखोकी ज्वरोमा परिणत हुने, ज्वरो आएपछि खोकी लाग्ने, त्यही रुघाखोकी निमोनियामा परिणत हुने लगायत बिरामीहरु नै यो जाडो महिनामा अस्पताल आउने दर उच्च हुन्छ ।

प्रश्नः रुघाखोकीका संक्रमणहरु कसरी छुट्याउने ?

जवाफः साधारण रुघाखोकीलाई राइनो भाइरस भन्ने गरिन्छ । यो संक्रमण भएपछि खान मन नलाग्ने, नाकबाट पानी आउने हाच्छिउँहरु हुन्छ । अर्को एडिनो भाइरस हुन्छ । यो सबैभन्दा धेरै विद्यार्थीलाई हुने गर्दछ । यसमा विद्यार्थीका आँखा रातो हुने, घाँटी दुख्ने, कसैलाई एकदमै धेरै ज्वरो आउने हुन्छ । तेस्रो इन्फ्ल्युएन्जा । साधारण रुघाखोकी र इन्फ्लुन्जामा के फरक हुन्छ भन्दाखेरि यसमा ज्वरो धेरै आउने, ज्वरो आएपछि टाउको पनि दुख्ने, खान पनि मन नलाग्ने, खोकी पनि लाग्ने, खोकी बढ्दा निमोनिया हुने हुन्छ । यो दुई वटामा हामीले छुट्याउनुपर्छ । साधारण रुघाखोकी के हो ? इन्फ्लुएन्जाका विभिन्न प्रकारहरु हुन्छ । कुनैपनि रुघाखोकी लाग्दा खान मन लागेन, टाउको दुख्यो, धेरै श्वास फेर्न गाह्रो भयो भने यो सामान्य खालको रुघाखोकी होइन भन्ने बुझेर चिकित्सकसँग परामर्श लिने र अस्पताल गएर आवश्यक जाँच गर्ने कुरा चाहीँ बुझ्नुप¥यो मान्छेहरुले ।

प्रश्नः रुघाखोकीको पहिचान गर्न नसक्दा ठूला स्वास्थ्य समस्याको शिकार हुनुपरेको हो ?

जवाफः इन्फ्लुन्जाका पनि धेरै प्रकारहरु हुन्छन् । हामी छुट्याउनुपर्ने चाहीँ साधारण भाइरल ज्वरो र इन्फ्लुन्जा ज्वरो हो । इन्फ्लुएन्जा ज्वरोमा अन्य समस्याहरु पनि थपिने गरेका छन् । जस्तै रुघाखोकीमा मानछेलाई खान मन लागिरहेको हुन्छ । खोकी लागेपनि मान्छे सक्रिय नै हुन्छ । टाउको दुख्ने समस्याहरु हुँदैन । इन्फ्लुन्जामा यो सबै कुराहरु थपिन्छ । टाउको पनि दुखिराको हुन्छ । मुख नमिठो भइरहेको हुन्छ । खान मन पनि लागिरहेको हँुदैन । जटिल हुँदै जाँदा निमोनियाहरु हुने चाहीँ इन्फ्लुन्जामा हुन्छ । कुन बिरामीलाई कस्तो भएको छ भन्ने कुरामा पनि भर पर्ने गर्दछ । जस्तै मुटुको बिरामी, किड्नीको बिरामी, दमको बिरामीलाई चाहीँ साधारण कुराहरु पनि जटिल भइसकेको हुन्छ । अरुलाई घरमै ज्वरो र खोकी आएपनि कुर्न सकिन्छ । तर ति ग्रुपका प्यासेन्टहरुलाई कहिले काँही आजको भोलि नै गाह्रो भइसकेको हुन्छ । तपाईलाई कस्तो खालको रुघा लागेको छ ? कस्तो खालको ज्वरो आएको छ ? तपाई कस्तो खालको बिरामी हो त्यसमा पनि भर पर्छ । यदी रुघाखोकी लागेकै अवस्थामा श्वासप्रश्वासमा समस्या आयो, दम बढ्दै गएको छ भने त्यस्तो अवस्थामा कुर्न हुँदैन । अस्पताल गइहाल्नुपर्छ । केही नभएको बिरामी सामान्य रुघाखोकी मात्र आएको छ भने त्यस्तो अवस्थामा दुई,तीन दिन कुर्न सकिन्छ । आफूमा कस्तो खालको रुघाखोकी लागिरहेको छ । त्यसमा खान मन छ कि छैन ? कति दिनदेखि ज्वरो आइ रहेको छ ? ज्वरो र खोकी बढेको छ कि छैन ? त्यसले असर पारेको छ कि छैन ? यो सबै छुट्याएर अस्पताल जाने कि घरमै बस्ने भनेर छुट्याउन सकिन्छ ।

प्रश्नः हामीले रुघाखोकी संक्रमण भएकै अवस्थामा पनि नियमित कामहरु गरिरहेका हुन्छौं, यसले कस्तो खालको जोखिम निम्त्याउँछ, कसरी सजग हुने ?

जवाफः रुघाखोकी प्रायजसो सर्छ नै । यो सर्ने माध्यम भनेको खोकी र हाच्छिउँ नै हो । मास्क लगाउन सकेको अवस्थामा त्यो एक अर्कामा सर्ने क्रम कम हुन्छ । हातहरु नाक र मुखमा लगाउँदा स्यानिटाइज गरेको छ भने संक्रमण एक अर्कामा सर्दैन । नत्र सर्ने सम्भावना धेरै नै हुन्छ । तपाईले याद गर्नुभएको होला घरमा पनि एकलाई रुघाखोकी लाग्दा प्रायः सबैलाई हुने गर्दछ । त्यहि चिज विद्यालयमा हुँदा चाहीँ हामी सतर्क हुन्छौं । हात धुन्छौं । विद्यालयमा पनि असावधानीका कारण प्रायः सबैमा सरको हुन्छ । अलिकति बच्न पाए यसको जोखिम पनि कम हुन्छ र सर्ने सम्भावना पनि कम हुन्छ । यसबाट बच्नको लागि हातधुने, हात धुन सकिँदैन भने स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्दछ । मास्क लगाउन त सम्भव नै छैन विद्यालयहरुमा । हामीले मास्क लगाउन नसकेपनि हामी सम्भवतः दूरी कायम गर्नसक्यो भने पनि यो चिजका सर्ने जोखिम पनि कम हुन्छ । अरु दीर्घकालीन बिरामीहरुलाई पनि बचाउन सकिन्छ । वृद्धवद्धा र बिरामी मान्छेहरुको इम्युनिटी पावर कम हुने भएका कारण रुघाखोकी लागेको खण्डमा उनीहरु रुघाखोकी मै सिमित हुन पाउँदैन । त्यहि कुरा जटिल भइदिन्छ ।

प्रश्नः जाडो याममा वृद्धवृद्धा, गर्भवती महिला, बालबालिकाहरु अलि बढी बिरामी हुन्छन् नि ?

जवाफः इम्युनिटी कम भएका मान्छेलाई संक्रमणले अलि छिटो समात्ने गर्दछ । साधारण रुघाखोकीमा ब्याक्टेरिया थपिएर फेरि निमोनिया हुने डर पनि हुन्छ । अन्य मान्छेमा साधारण रुखाखोकी भएपनि यी समूहका मान्छेहरुमा संक्रमण बढी हुने चान्स हुन्छ ।

प्रश्नः यसरी रुघाखोकी लागेका मान्छेले घरमै बसेर गर्नुपर्ने उपचार विधिहरु के—के हुन सक्छन् ?

जवाफः मैले कुनैपनि रोगको घरायसी उपचारमा त नलाग्न नै सल्लाह दिन्छु । गाह्रो भयो अथवा ज्वरो बढ्ने बित्तिकै चिकित्सकसँग सल्लाह र परामर्श लिनुपर्छ । हामीले बेलैमा डाक्टरसँग परामर्श लियो भने त्यो चिज बढ्दैन । त्यो चिज निमोनियामा परिणत हुँदैन । त्यस्ता खतराबाट बच्नको लागि सल्लाह र परामर्श लिनुपर्छ भन्छु म चाहीँ । हामीसँग एउटा परम्परा जस्तै छ । सामान्य रुघाखोकी लाग्यो भने नजिकैको मेडिकलमा गएर औषधिहरु लिने हुन्छ । त्यस्तो अवस्थामा रुघा र ज्वरो मात्र छ भने केही समस्या भएन । यदि बढेको छ भने एकचोटि चिकित्सकसँग परामर्श त लिनैपर्छ ।

प्रश्नः चिसो याममा हाम्रा आनिबानी तथा खानपानमा कस्तो ध्यान दिनुपर्छ ? तपाईको सल्लाह के छ ?

जवाफः चिसो मौसममा दुई वटा कुरामा एकदमै ध्यान दिन जरुरी छ । चिसो मौसममा बिहान धेरै नै चिसो हुने भएका कारण यस्तो अवस्थामा प्रेसर भएका र दीर्घकालीन रोग लागेका मान्छेहरुले ध्यान दिनुपर्छ । पक्षघात, मुटुका बिरामी, दमका बिरामीहरुमा मुख्यतः यो समयमा स्वास्थ्य समस्याहरु बढ्छ नै । बिहान त धेरै नै चिसो हुन्छ । त्यो समयमा त प्रदुषणको समस्या हुने भएका कारणले पनि नहिँड्नु भन्छु बिरामीलाई । मिल्छ भने अलिकति घाम लागेको समयमा जहाँ प्रदुषण कम छ त्यो ठाउँमा एक घण्टाजति हिँड्न सल्लाह दिन चाहन्छु । बिहान चिसो धेरै र प्रदुषण बढी हुने भएका कारण जटिल समस्या भएका बिरामीमा झन जटिल समस्या आउने भो । अनि त्यो समयमा रुघाखोकी बढ्ने सम्भावना पनि हुन्छ । खानपानका सन्दर्भमा सकेसम्म चिसो हुने खानेकुराहरु खानुभएन । फलफूलहरु खायो भने अलिकति छिटो रोग निको हुने र अलिकति तागत आउने फाइदा हुन्छन् । जाडो महिनामा फलफूलहरु घाममा बसेर खानुप¥यो । फलफूलमा पनि भिटामिन सीयुक्त खायो भने फाइदा हुन्छ । मौसम र केरा जस्ता खानेकुरा खानु फाइदा जनक हुन्छ । तर बिरामी हेरेर पनि हुन्छ । समग्रमा जे फलफूल खाएपनि घाममा राखेर खानुप¥यो र भिटामिन सियुक्त फलफूलहरु खानुप¥यो ।

प्रश्नः घाँटी दुख्ने भन्ने बित्तिकै टन्सिल भयो भन्ने बुझाई हुन्छ नि, रुघाखोकीको कारण हो कि टन्सिलकै कारण हो भनेर कसरि छुट्याउने ?

जवाफः घाँटी दुखाईको टन्सिल पनि एउटा कारण त हो । टन्सिलको कारण आएको ज्वरो र अरु ज्वरोमा फरक छुट्याउनु चाहीँ पर्छ । टन्सिल भएर पनि घाँटी दुख्छ नै । टन्सिलमा एकदमै धेरै ज्वरो आउँछ । खानेकुरा निल्नै सकिँदैन । अरु घाँटी दुख्ने समस्यालाई फायर इन्जाटिस भन्छौं । निल्न गाह्रो हुन्छ । एकदम धेरै ज्वरो चाहीँ आउँदैन । कुनैपनि घाँटी दुखाई टन्सिल हुँदैन । धेरै ज्वरो आउने, घाँटी दुख्ने, खान मन नलाग्ने टन्सिलमा हुन्छ भने ज्वरो पनि ठिकठिकै आउने तर खान मन लाग्नेलाई चाहीँ सामान्य घाँटी दुखाईको रुपमा लिनुपर्दछ । यसमा मुख्यगरी छुट्याउने कुरा चाहीँ भाइरल ज्वरो र सामान्य ज्वरो नै हो ।

प्रश्नः चिसाबाट जोगिन नागरिकलाई तपाईको सुझाव के छ ?

जवाफः मैले सन्देश दिनुपर्दा चिसो याममा हुने रुघाखोकी छुट्याउनुप¥यो । त्यसलाई छुट्याउने एउटा मात्रै तरिका छ । खान मन लागेन र उच्च ज्वरो आयो भने त्यो इन्फ्लुन्जातिर गयो । यदि ज्वरो पनि ठिक्क आएको छ र खान मन पनि लागेको छ भने त्यो भाइरल खोकी भनेर बुझ्नुप¥यो । अनि अर्को कुरा, खासगरि मर्निङ वाक गर्नेहरुले बिहानको समयमा मर्निङ वाक नगरिदिनु होला । अलिकति घाम लागेको बेला र सडकमा गाडीको चाप कम भएको बेला मात्र मर्निङ वाक गर्नुहोला । बिहान उठेर वाक गर्नैपर्छ भन्ने कन्सेप्ट छ । चिसो महिनामा नगर्नको लागि आग्रह गर्दछु । मर्निङ वाक घरमा पनि गर्न सकिन्छ । मनोरञ्जनका क्रियाकलाप पनि घरमा गर्न सकिन्छ । यसका लागि माइण्ड पनि फ्रेस हुनुपर्दछ । मर्निङ वाकमा प्रयोग हुने मुख्य कुरा नै माइण्न फ्रेस हो । त्यसका लागि बाहिर गर्नु बढी उपयुक्त हुन्छ । घरमा त एउटै चिजहरु देखिइरहेको हुन्छ । त्यसैले मर्निङ वाकमा फ्रेसनेस पनि जरुरी छ । कसैकसैले घर र अफिसमा हिँड्ने गरेको बताउनु हुन्छ । त्यो हिँडाईले मर्निङ वाकमा फरक नपर्ला । जुन हिँडाई फ्रेस छ, काम बिनाको छ त्यो नै महत्वूर्ण छ ।