२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा



अ+ अ-

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताउनुभएको छ ।

कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिवार शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । देउवाले लम्की चुहा नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३।१ किलोमिटर लामो केबलकारको शिलान्यास गर्नुभयो । उहाँले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्ने बताउनु भयो । उहाँले देश विकासका लागि बाधक बनेका कानूनहरु हटाउन र नयाँ कानून निर्माण गर्न एउटा संयन्त्र बनाइ काम गरिरहेको पनि बताउनु भयो । केबलकारको निर्माणसँगै सुदूरपश्चिममा लगानी, रोजगारीको वातावरण बन्ने बताउनु भयो । जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी दुई वटा ठूला पार्टीका अध्यक्षज्युहरुले देशमा समृद्धि ल्याउनका लागि एकै ठाउँमा उभिएर काम अघि बढाउनुपर्छ भनेर लाग्नुभएको हो । राजनीतिले मात्रै मान्छेको पेट भर्दैन भनेर नेताजीहरु र हामी सबै नेताहरुलाई थाहा छ । रोजगारी चाहिन्छ, एउटा आय आर्जन गर्ने वातावरण बन्नुपर्छ अनिमात्रै देशको समृद्धि हुन्छ । मान्छेहरुको सपना पूरा हुनसक्छ ।

जुन हाम्रो एउटा परिकल्पना छ, हाम्रो यस्तो किसिमको देश बनोस्, यस्तो किसिमको जीविका होस् भन्ने कुरा गरेर नै अहिले दुई वटा पार्टीले सरकार बनाएका छन् । विकासको ठूलो बाधक बनेर आएका क्षेत्रहरुको नियम कानूनमा फेरबदल गर्नुपर्छ भनेर हामी अघि बढेका छौँ । एउटा टिम गठन गरेर यो निजी क्षत्रेमा हुनुपर्ने केके हो, बिजनेस र लगानीको सम्भावना बढाउन कुनकुन नियम परिवर्तन गर्नुपर्छ भनेर एउटा टास्कफोर्स बनेको छ ।’

परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानून बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताउनु भयो ।