१७ श्रावण २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा तीन भारतीय नागरिक पक्राउ राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी आइएमई लाइफ इन्स्योरेन्स बिजनेश एक्सिलेन्स अवार्ड नाइट ,२०२६ सम्पन्न मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी विदाको दिनमा पनि राहदानी बनाउनेको भीड, अत्यावश्यक हुनेले मात्रै आवेदन दिन विभागको आग्रह काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण शान्तिको कामना गर्दै गृहमन्त्रीद्वारा पूजार्चना नेपाली काँग्रेसको आन्तरिक एकताका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय… मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा बेलायती राजदूत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए



अ+ अ-

काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रब फेन र उहाँकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाउनुभएको छ ।

मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाउनुभएको हो । त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गर्नुभएकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताउनु भयो । फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिनुभएको छ ।

बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गर्नुभयो ।

फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाउनु भयो । उहाँहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताउनु भयो ।

जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महशुस भएको बताउनु भयो ।