१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

चितवन । चितवनको माडीमा वन्यजन्तु धपाउन बिछ्याइएको करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका  ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार  वसन्तपुरस्थित खेतमा गैँडा धपाउन बिछ्याइएको बिजुलीको नाङ्गो तारको करेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । करेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको हो ।  घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ ।