१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन

हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हात्तीपाइले रोग लगाउने परजीविको अध्ययन सुरु गरेको छ ।

कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले हात्तीपाइले रोग लगाउने परजीवी मानिसमा भए÷नभएको बारेमा विद्यालय पढ्ने बालबालिकामा अध्ययन सुरु गरेको हो ।

केन्द्रका निर्देशक डा भीमप्रसाद सापकोटाले इलाम, पाँचथर र तेह्रथुम जिल्लाका २४० विद्यालयका कक्षा १ र २ मा पढ्ने छ र सात वर्ष उमेर समूहका बालबालिकामा अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्यकर्मीले ती विद्यालयमा पुगी बालबालिकाको रगतको नमूना सङ्कलन गरिरहेका छन् । इलाम र पाँचथरमा एक हजार ५७० जना विद्यार्थी र तेह्रथुममा एक हजार ४१० जना विद्यार्थीको रगत निकालेर परीक्षण सुरु गरिएको छ । विद्यार्थीको रगतको नमूना सङ्कलन गर्न ६५ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनाएको छ । उचेरेरिया ब्याक्रोफ्टी, ब्रुजिया मलायी र ब्रुजिया टिमोरी हात्तीपाइले लगाउने परजीवि हुन् । नेपालमा पाइने गरेको हात्तिपाइले रोगका बिरामी उचेरेरिया ब्याक्रोफ्टी नामक परजीवीबाट मात्र सङ्क्रमित भएको पाइएको केन्द्रका निर्देशक डा सापकोटाले जानकारी दिनुभयो । “ती जिल्लामा रहेका स्थानीयले छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि हामीले परजीवी छ÷छैन अध्ययन गर्दछौँ”, उहाँले भन्नुभयो, “यसपटक पनि हामीले त्यस जिल्लाका औषधि नखाएका बालबालिकामा अध्ययन गर्न थालेका हौँ ।” सन् २०१९ पछि जन्मेका बालबालिकामा केन्द्रले अध्ययन गर्न थालेको हो । देशका ६३ जिल्ला हात्तीपाइले रोगबाट प्रभावित भएको पाइएको छ । निर्देशक डा सापकोटाले आगामी आर्थिक वर्षमा हात्तीपाइलेको जोखिम रहेका अन्य जिल्लामा पनि अध्ययन गरिने जानकारी दिनुभयो । मसिनो धागो आकारको जुकाको परजीवीको सङ्क्रमणको कारण हात्तीपाइले रोग हुने गरेको छ । क्यूलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेपछि यी परजीवी शरीरमा प्रवेश गर्ने र मानिसलाई यो रोग लाग्ने चिकित्सको भनाइ छ ।