१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी

नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर

नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर
अ अ+ अ-

काठमाडौं । एजट्रेक डिजिटल सेफ्टी सिस्टमको प्रयोग गरी कृतिम बुद्धिमत्ता (एआई) मा आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणालीको माध्यमबाट पदयात्रा तथा पर्वतीय पर्यटनलाई पूर्वानुमान योग्य, जोखिम मुक्त र थप सुरक्षित बनाउने उद्देश्यले टे«किङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको प्रविधिसम्बन्धी कम्पनी आइबिएल कम्पनी लिमिटेडका बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा सङ्घका तर्फबाट महासचिव सोनाम ग्याल्जेन शेर्पा र कोरियाली प्रतिनिधिमण्डलका तर्फबाट आइबिएलका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गर्नुभएको थियो ।

समझदारीपत्र बमोजिम टानले आइबिजेड तथा सम्बद्ध कोरियन संस्थाहरुसँगको सहकार्यमा स्मार्ट सफ्टवेयर प्रविधिको प्रयोगका माध्यमबाट पदयात्रामा जाने पदयात्री, पथपर्दशक तथा सहयोगी श्रमिकहरुको जोखिम पूर्वानुमान, ‘रिएल टाइम लोकेशन’ पहिचान तथा उद्धार कार्यलाई सहज बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, गन्तव्य क्षेत्रका स्थानीय सरकारलगायतका सरकारी निकायहरु, निजी क्षेत्र, अनुसन्धान निकायहरु र व्यवसायीहरुसँग समन्वय गरी कुनै एउटा पदयात्रा मार्गमा परीक्षणका रुपमा ट्रयाकिङ प्रविधि जडान गरिने उल्लेख छ ।

त्यसको परीक्षणका आधारमा सरकारका सम्बन्धित निकायहरुबाट आवश्यक अनुमति लिई संघका सदस्य कम्पनीहरुलाई आवश्यक अभिमुखीकरण तथा तालिम प्रदान गरी बृहत्तर रुपमा उक्त प्रणालीको प्रयोग गरिने सो अवसरमा टानका महासचिव शेर्पाले बताउनुभयो ।

कार्यक्रमको संयोजन गर्नुभएका सङ्घका सह–कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाले प्रविधिको स्थापना गर्न, प्राविधिक तालिम उपलब्ध गराउन तथा एआईसमेतको प्रयोग गरी पर्यटकको ‘रियल टाइम डाटावेश’ तयार गर्ने, जोखिमका बारेमा पूर्वसूचना दिनेलगायतका प्राविधिक पक्षमा कम्पनीले सहयोग गर्ने जानकारी दिनुभयो ।

टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले सम्बन्धित सरकारी निकायहरु, गन्तब्य क्षेत्रका सरोकारवाला निकायहरु, टानका सदस्य कम्पनीहरु तथा प्रविधि बिज्ञहरुसँग समन्वय गरी पदयात्रा तथा पर्वतीय पर्यटनलाई सुरक्षित, प्रभावकारी र विश्वसनीय बनाउन सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा आइबिएल कम्पनी लिमिटेड उपाध्यक्ष डा. जेम्स पार्क, क्यूङसङ विश्वविद्यालयका इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागका अध्यक्ष प्राध्यापक डा. पार्क जङ सिक, कोरिया डिजास्टर एण्ड सेफ्टी इन्डस्ट्रीयल टेक्नोलोजी रिसर्च एशोसिएशनका बोर्ड अध्यक्ष नोह ही जङ, कोरिया एशोसिएशन इन नेपालका अध्यक्ष चा सेङवोनलगायतका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।