२३ फाल्गुन २०८१, शुक्रबार
March 7, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.51

Wind: 5.14

Humidity: 52

Latest
नेपालमा मल कारखान स्थापनाका लागि बजेट विनियोजन भएको छैनः मन्त्री अधिकारी नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत च्याम्पियन्स ट्रफीः भारतमाथि न्युजिल्याण्ड हाबी, दोहोरिएला २५ वर्षअघिकै नतिजा ? जनताको नासो फिर्ता चाहियो भन्दै नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन सङ्क्रमणकालीन न्याय संयन्त्र गठन प्रक्रिया अघि बढाउन आयोगको आग्रह विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम पेरिसको रेल स्टेसनमा दोस्रो विश्वयुद्धको बम फेला राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस पानी नपर्दा केरा उत्पादनमा ढिलाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौति हुन नदिने मन्त्री गुरुङको प्रतिबद्धता



अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एकल महिला, अपांगता भएका व्यक्ति लगायतले पाउँदै आएको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने व्यवस्था तत्काल मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ ।

गत चैत्रदेखि एकल महिला र अति अशक्त अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता कटौति भएको पाइएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले त्यसलाई निरन्तरता दिने गरी तत्काल व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो । ‘आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा समेत हालसम्म दिइदै आएका सबै प्रकारका सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भन्ने उल्लेख भएकाले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुने व्यवस्था’ मिलाउन सो मन्त्रालयलाई पत्राचार गरिएको पत्रमा उल्लेख गरिएको छ । गत चैत्रदेखि एकल र अति अशक्त अपांगता भएका व्यक्ति/वर्गको सामाजिक सुरक्षा भत्ता कटौति भएको भनि राष्ट्रिय अपांग महासंघ–नेपालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा निवेदन दिए पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरिएको हो । यस अघि गृह मन्त्रायलाई पनि सोही व्यहोराको पत्राचार गरिएको थियो । 

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका संवेदनशीलवर्ग र समूदायले यस अघि पाउँदै आएका सामाजिक सुरक्षा भत्ता कटौति हुन नदिने दृढता व्यक्त गर्नु भएको छ । उहाँले केही समय यता ती भत्ताहरु रोकिएको भनिए पनि त्यसलाई निरन्तरता दिन आवश्यक पहल कदमी लिइएको पनि स्पष्टपार्नु भयो ।