एजेन्सी । अमिताभ बच्चन आफ्नो शो ‘कौन बनेगा करोडपति सिजन १६’ को लागि चर्चामा रहन्छन् ।
अभिनेताले हालै जया बच्चनसँग जोडिएको एउटा घटना सेयर गरेका छन् । उनले आफूलाई एटीएम कार्ड चलाउन नजान्ने र नगद पनि आफूसँग नराखेको बताए । त्यसैले उनी आफ्नी श्रीमतीको पैसा माग्छन् ।
एक एपिसोडमा ‘इन्डिया च्यालेन्जर वीक’की प्रतियोगी प्रियंका हट सिटमा बसेकी थिइन् । कार्यक्रममा उनले अमिताभलाई धेरै रोचक प्रश्न सोधिन् । प्रियंकाले सोधिन्, ‘तपाईंले कहिल्यै एटीएमबाट पैसा निकालेर आफ्नो ब्यालेन्स चेक गर्नुभएको छ ?’
यस प्रश्नको जवाफमा अमिताभ मुस्कुराउँदै भन्छन्– ‘म न त एटीएम गएको छु न त मैले नगद साथमा राखेको छु, किनकी एटीएम कसरी चलाउने भन्ने जान्दिनँ । जया जी (श्रीमति)सँग सधैं पैसा हुन्छ, त्यसैले म उनीसँग मात्र पैसा माग्छु ।’










