१७ श्रावण २०८३, आईतवार
,
Latest
मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनलाई एटीएम कार्ड प्रयोग गर्न आउँदैन



अ+ अ-

एजेन्सी । अमिताभ बच्चन आफ्नो शो ‘कौन बनेगा करोडपति सिजन १६’ को लागि चर्चामा रहन्छन् ।

अभिनेताले हालै जया बच्चनसँग जोडिएको एउटा घटना सेयर गरेका छन् । उनले आफूलाई एटीएम कार्ड चलाउन नजान्ने र नगद पनि आफूसँग नराखेको बताए । त्यसैले उनी आफ्नी श्रीमतीको पैसा माग्छन् ।

एक एपिसोडमा ‘इन्डिया च्यालेन्जर वीक’की प्रतियोगी प्रियंका हट सिटमा बसेकी थिइन् । कार्यक्रममा उनले अमिताभलाई धेरै रोचक प्रश्न सोधिन् । प्रियंकाले सोधिन्, ‘तपाईंले कहिल्यै एटीएमबाट पैसा निकालेर आफ्नो ब्यालेन्स चेक गर्नुभएको छ ?’

यस प्रश्नको जवाफमा अमिताभ मुस्कुराउँदै भन्छन्– ‘म न त एटीएम गएको छु न त मैले नगद साथमा राखेको छु, किनकी एटीएम कसरी चलाउने भन्ने जान्दिनँ । जया जी (श्रीमति)सँग सधैं पैसा हुन्छ, त्यसैले म उनीसँग मात्र पैसा माग्छु ।’