१८ असार २०८३, बिहीबार
,
Latest
विमानस्थलबाट कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला २०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब नायिका ऋचा शर्माले ‘लुटतन्त्र बन्द गर’ लेखेको प्लेकार्ड लिइन्….



अ+ अ-

काठमाडौँ । नायिका ऋचा शर्मा आइतबार अपरान्ह अकस्मात महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिससमा देखिइन् । उनलाई देखेपछि त्यहाँ उपस्थित सबैले चियाउन थाले । त्यसपछि उनी सरासर अस्पताल परिसरमा राखिएको एक पोस्टरमा पुगिन् । 

पोस्टरमा अनसनरत डा.गोविन्द केसीको समर्थनका लागि राखिएको छ । उनको अनसनको पक्षमा ऐक्यबद्धता जनाउन राखिएको पोस्टरको तल उभिइन् आफूले ल्याइ आएको प्लेकार्ड हातमा समातेर फोटोको लागि पोज दिइन् ।

त्यस प्लेकार्डमा लेखिएको छ, लुटतन्त्र बन्द गर । उनले सो प्लेकार्ड हातमा लिएर केही बेर डा.केसीप्रति ऐक्यबद्धता जनाइन् र सरकारको विरोध गरिन् । त्यसपछि भने उनको तस्बिर लिनेहरुको निकै ठूलो भिड लागेको थियो ।