२२ मंसिर २०८२, सोमबार
,
Latest
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै एकाबिहानै तातोपानीमा मह र कागती मिसाएर पिउँदा मिल्छ यस्ता फाइदा थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने दैनिक १० मिनेट हिँड्दा आयु ७ प्रतिशतले बढ्नसक्ने सेल्टा भिगोसँग रियल मड्रिड घरेलु मैदानमै पराजित नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निश्चित योग्यता पुगेका व्यक्तिले मात्रै हिमाल चढ्न पाउने व्यवस्था गर्छौंः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकार पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी, कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने दिशामा रहेको बताउनुभएको छ ।

बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका सरकारले बनाएको कार्ययोजना पूर्णरुपमा कार्यान्वयन गर्न नसकिएको उहाँको स्विकारोक्ति छ । उहाँले हवाई यातायात सहज बनाउनका लागि सरकारले बनाएको कार्ययोजनाको समिक्षा गर्दै मन्त्रालय अन्तसम्बन्धित निकायहरुलाई कार्यान्वयनका लागि आवश्यक निर्देशन दिने बताउनु भयो । उहाँले देशभरको हवाई यातायात सञ्चालनको लागि भएका कमि कमजोरीहरुलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विमानस्थल सञ्चलानका सन्दर्भमा थुप्रै चुनौतिका बाबजुद पनि सरकारले पोखरा र भैरहवाको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा कार्ययोजना बनायो । सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरु भएका छन् भने कतिपय निकायहरुबाट भएको देखिँदैन । हुन बाँकी छन् । अब हामीले कार्यायोजना कार्यान्वयनको समिक्षा गर्दै सबै मन्त्रालय अन्तरसम्बन्धित निकायहरुलाई कार्ययोजनालाई अक्षरसः पालना गर्न र त्यहाँको हवाई यातायात सञ्चालनको लागि भएका कमी,कमजोरीहरुलाई सच्याउने दिशामा हामी अगाडि बढ्छौं ।’

उहाँले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । हिमाल आरोहणका क्रममा विभिन्न जोखिमहरुको सामना गर्नुपर्ने भइरहेको उल्लेख गर्दै उहाँले यस्तो प्रवन्ध गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले निजी क्षेत्रले निश्चित क्षेत्रसम्म मात्र हेलिकप्टर संचालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरुलाई मर्जर गर्दै लैजानुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा निश्चि योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रवन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरु ठूलो जोखिमको स्थिति रहन्न । त्यो कुरामा हामीले ध्यान दिनुपर्छ । हेलिकप्टरको यात्राले हाम्रो एड्भेन्चरलाई खण्डित गरेको देखिन्छ । निजी क्षेत्रसँग हेलिकप्टर हुनु सबल पक्ष भएको विदेशीहरुले समेत बताउँदै आउनुुभएको छ । नीजि क्षेत्रहरुले निश्चित क्षेत्रसम्म मात्र हेलिकेप्टर सञ्चालन गर्ने उहाँहरुले गरेको वायु र ध्वनी प्रदुषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ । त्यो गर्ने दिशामा जानुपर्दछ । हेलिकेप्टर कम्पनीहरुलाई सोच विचार गरेर स्विकृति दिने र स्विकृति पाइसकेका कम्पनीहरुलाई पनि मर्जरको दिशामा लैजानेबारे सोचिरहेका छौं ।’

उहाँले हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने बताउनु भयो ।