३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पाः २ टिमले भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिने



अ+ अ-

हैदराबाद । तेलुगु अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ः द रुल’ को विशेष स्क्रिनिङको क्रममा भएको भागदौडमा ज्यान गुमाएका परिवारलाई २ करोड दिइने भएको छ।

हैदराबादस्थित सन्ध्या थिएटरमा भएको भागदौडमा मृत्यु भएकी ३५ वर्षीया महिलाको परिवारलाई २ करोड रुपैयाँ दिइने भएको हो । अभिनेता अल्लु अर्जृनका पिता अल्लु अरविन्दले यो घोषणा गरेका हुन ।

चलचित्र निर्माता अरविन्दले दुई करोड मध्ये १ करोड अल्लु अर्जुनले तिर्ने बताएका छ भने बाँकी फिल्म निर्माता, मिथ्री मुभि मेकर्स र निर्देशक सुकुमारले एक आपासमा सल्लाह गरेर सहयोग गर्ने बताए ।

‘उक्त रकमले परिवारको लागि क्षतिपूर्तिको उपायको रूपमा काम गर्नेछ,’ श्री अरविन्दले भने, ‘यो रकम महिलाको ८ वर्षीय छोरा श्रीतेजको भविष्य सुरक्षित गर्न पनि हो, जसले गम्भीर चोटपटक भोग्नुपरेको थियो र सहयोगमा राखिएको छ ।’

उनले अभिनेताका बुबाले पनि बालको उपचार गर्ने डाक्टरहरूसँग कुरा गरेको र बच्चा निको भइसकेको जनाएका छन् ।