२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुन्छः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम पत्रिका लोकार्पण कार्यक्रममा बोल्दै सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभयो । ‘सहकारीको अव्यवस्थाको समस्या अत्यन्त धेरै देखियो, एक पछि अर्को समस्या उधिनिँदै छ’, उहाँले भन्नुभयो ।

मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उहाँको भनाइ छ । ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासको लागि र राजनीतिक प्रतिविद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ , तर केही काम भएको छैन, यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु’, उहाँले भन्नुभयो ।

सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उहाँले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताउनुभयो । यसलाई व्यवस्थित बनाउन लाग्नु पर्ने उहाँको भनाइ छ ।