६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरका कुन अंग फरफराएमा शुभ/अशुभ मानिन्छ ?



अ+ अ-

एजेन्सी । कहिलेकाहीँ एक्कासी शरीरका अंगहरू जस्तै आँखा वा औंलाहरू फरफराउन थाल्छन् । हामीले यसको अर्थ बुझ्दैनौं । समुद्र शास्त्रमा भनिएको छ कि शरीरका विभिन्न अंगको स्पंदनको विशेष अर्थ हुन्छ ।

सामुद्रिकशास्त्रमा शरीरका अंगको संरचनाले व्यक्तित्वको बारेमा बताउन सक्षम हुने विश्वास गरिन्छ । समुन्द्रशास्त्र अनुसार शरीरका विभिन्न अंग फरफराउनुको अर्थ के हो जानौं ।

कुन आँखा फरफराउनु शुभ हुन्छ ?
आँखा फरफराउन एकदमै सामान्य कुरा हो । समुद्र शास्त्रका अनुसार महिला र पुरुषमा यसको फरक फरक अर्थ हुन्छ । पुरुषका लागि दाहिने आँखा फरफराउनु शुभ चिन्ह मानिन्छ । अर्कोतर्फ, महिलाहरूको लागि देब्रे आँखा फरफराउनु शुभ संकेतको रूपमा लिइन्छ ।

औंला फरफराउनुले के संकेत गर्छ ?
समुद्र शास्त्रमा दाहिने हातको औंला फरफराउनु शुभ चिन्ह मानिन्छ । यसले संकेत गर्छ कि तपाइँ नयाँ कसैलाई भेट्न वा केहि नयाँ सुरु गर्न लाग्दै हुनुहुन्छ । त्यसैगरी बायाँ हातको औंलाहरू फरफराउनुलाई प्रायः अशुभ संकेतका रूपमा लिइन्छ । जसले सम्भावित हानि वा विवादलाई संकेत गर्छ ।

खुट्टा फरफराउनु
धेरैको खुट्टा पनि फरफराउन थाल्छ । समुद्र शास्त्रका अनुसार दाहिने खुट्टा फरफराउनुले यात्रा आदिमा जान सकिने संकेत गर्छ । अर्कोतर्फ देब्रे खुट्टा फरफराउनु शुभ मानिएको छैन । यसले आगामी हानि वा नकारात्मक घटनालाई संकेत गर्छ ।