३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्युदरमा पनि समान्य कमी

भारतमा कोभिड–१९ सङ्क्रमण र मृत्युदरमा पनि समान्य कमी
अ+ अ-

काठमाडौं । विगत २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ६१ हजार २६७ रहेको संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ८५ हजार ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा देशभर मृत्यु हुनेको सङ्ख्या ८८४ रहेको छ भने अहिलेसम्म कूल एक लाख तीन हजार ५६९ पुगेको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

यो महिना (अक्टोबर)को पहिला पाँच दिनको तथ्याङ्क हेर्दा भारतमा कोभिड–१९ सङ्क्रमण तथा सङ्क्रमित विरामीको मृत्यु दरमा सामान्य कमी देखिएको छ ।

अक्टोबर १ का दिन ८६ हजार ८२१ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र मृत्यु एक हजार १८१ रहेकोमा अक्टोबर २ मा सङ्क्रमितको सङ्ख्या करिब पाँच हजारले कमी आई ८१ हजार ४८४ भएकोे थियो । त्यस्तै मृत्यु सङ्ख्यामा पनि करिब १०० ले कमी आई एक हजार ९५ मा झरेको थियो । महिनाको तेस्रो दिन सङ्क्रमितको सङ्ख्या अघिल्ला दिनको तुलनामा थप कमी आई ७९ हजार ४७६ कायम भएको थियो भने मृत्यु सङ्ख्या एक हजार ६९ मा झरेको थियो । अक्टोबरमा ४ मा सङ्क्रमितको सङ्ख्यामा थप कमी आई ७५ हजार ८२९ र मृतक सङ्ख्या ९४० भयो भने अक्टोबर ५ मा सङ्क्रमितको सङ्ख्या ७४ हजार ४४२ भयो र ९०३ सङ्क्रमितको मृत्यु भयो । 

भारतमा अहिलेसम्म ५६ लाख ६२ हजार ४९० व्यक्ति कोभिड–१९ सङ्क्रमणमुक्त भइसकेका छन् भने अझै पनि नौ लाख १९ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण रहेको छ । 

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार भारतमा मङ्गलबारसम्म कूल ८१ लाख ७१ हजार ७९७ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ । योमध्ये सोमबार मात्र एक लाख ८९ हजार ४०३ व्यक्तिको कोभिड–९ परीक्षण भएको बताइएको छ ।