२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२५ मा हसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम



अ+ अ-

काठमाडौं । कमेडी दरबारको टिमले २०२५ मा अमेरिकामा कार्यक्रम गर्ने भएको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । २०२५ मा अमेरिकाका विभिन्न शहरहरुमा तीन कार्यक्रम वटा कार्यक्रम गर्ने आयोजक टिमले जनाएको छ ।

कार्यक्रमहरुमा अब सुन्छ अमेरिका, अब हाँस्छ अमेरिकाको पार्ट २ र अब गाउँछ अमेरिका रहेका छन् । अमेरिकामा रहनुभएका नेपालीहरुको आग्रहमा कार्यक्रम गर्न लागिएको कलाकार विक्की अग्रवालले बताउनु भयो ।

कार्यक्रममा गायिका रचना रिमाल,एलिना चौहान, स्ट्याण्डअप कमेडियन सुमन कार्की, गजलकार प्रदीप रोदन र कमेडी दरबारको टिमका सदस्यहरु बिक्की अग्रवाल, सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), मिस पबी, सुजाता श्रेष्ठ आदिको उपस्थिति रहने बताइएको छ ।