१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सलट्रिप नेपालको अफर ,होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा क्यास ब्याक दिने



अ+ अ-

काठमाडौं। एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई ३ सय रुपैयाँ क्यास ब्याक दिने भएका छन् । दशैतिहारको उपलक्ष्यमा एक्सलट्रिपद्वारा होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा ३०० रुपैयाँ निशुल्क क्यास ब्याक दिने योजना ल्याएको छ ।
बुकिङबाट पाउने ३ सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेन बुकिङमा प्रयोग गर्न सकिने छ । त्यस्तै नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा एक्सलट्रिपले नेपालको पर्यटन प्रर्वधन हाम्रो दायित्व मुल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिज्म नेपाल अभियान नै सञ्चालन गरेको छ।
एक्सलट्रिपले नेपालको पर्यटनलाई प्रवद्र्धनलाई अन्तराष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित निकायसंग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका उप–राष्ट्रिय निर्देशक शरद प्रधानले बताए ।
एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो । एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट  (xcletrip.com)बाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा बुक गर्न सकिने छ ।
एक्सलट्रिपमा नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट फोन पेलगायत बैकंहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैकं कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसन मा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।