१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा सहुलियतको चामल बिक्री सुरु



अ+ अ-

काठमाडौं । हुम्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ ।

हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले दुई हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो ।

कम्पनीका नायब सुब्बा कैलाश ऐडीले भन्नुभयो, “नागरिक घरमा चामल नभएर होइन, सहुलियतको चालम लिनका लागि भीड बढेको हो ।”

कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल रु एक हजार ८५०, अरुवा सोना मन्सुली चामल रु एक हजार २५० तथा अरुवा मोटा चामल रु एक हजार १५० मा बिक्री गरेको छ ।

सहुलियत खाद्यान्न वितरणबाट दुई दिनमा रु ६० लाख बराबरको कारोबार भएको कम्पनीले जनाएको छ । सो अवधिमा कार्यालय ५८८ क्विन्टल चामल बिक्री वितरण गरेको छ । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन् ।